Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभारत र न्यूजिल्याण्डको सेमिफाइनल खेलका कारण सलमानको फिल्म टाइगर ३ को कलेक्सनमा भारी गिरावट

भारत र न्यूजिल्याण्डको सेमिफाइनल खेलका कारण सलमानको फिल्म टाइगर ३ को कलेक्सनमा भारी गिरावट


एजेन्सी । पहिलो दिन ठूलो नाफा कमाएको सलमान खानको फिल्म टाइगर ३ को कमाईमा विस्तारै उतारचढाव आएको छ । फिल्मले चौथो दिन अहिलेसम्मकै न्यून कलेक्सन गरेको छ । जसका कारण निर्माता र स्टारहरु अलि निराश हुनसक्ने अनुमान गरिएको छ ।

चौथो दिन अर्थात बुधबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल सलमानको टाइगर ३ का लागि सबैभन्दा ठूलो समस्या बन्यो ।

म्याचका कारण सलमानको फिल्म ओझेलमा पारेको हो । जसको प्रत्यक्ष असर फिल्मको कमाईमा परेको छ ।

रिपोर्टका अनुसार फिल्म टाइगर ३ ले चौथो दिन पनि २० करोडको पनि व्यापार गर्न सकेन। सलमानको फिल्मले १८.९८ करोड मात्रै कमाउन सकेको छ । तर, हिजो खेल नभएको भए तथ्याङ्क फरक हुने अनुमान गरिएको छ ।

यो पछिल्लो चार दिनमा टाइगर ३ को सबैभन्दा कम सङ्कलन हो । फिल्मले पहिलो दिन ४४.५ करोडको शानदार ओपनिङ गरेको थियो । सलमानको फिल्मले दोस्रो दिन ५९ करोड र तेस्रो दिन ४४ करोड कमाएको थियो ।

यशराज स्पाई युनिभर्सको फिल्म ‘टाइगर ३’ को कुल कलेक्सन १६६.४८ पुगेको छ । यो फिल्म सबैभन्दा छिटो १५० करोडको आँकडा पार गर्ने फिल्म बनेको छ ।

सलमानको फिल्मले २ दिनमै सय करोडको आँकडा पार गरेको थियो । अबको दुई–तीन दिनमा यो फिल्मले २०० करोडको आँकडा पार गर्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT