जयतु संस्कृतम् दिवस मनाइयाे

Education Park

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस अवसरमा बिहान वाल्मीकि विद्यापीठबाट प्रदर्शनीमार्ग–शहीदगेट–बीरअस्पताल–जमल हुँदै दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण गरिएको थियो ।

 

माल्यार्पणपछि तीनधारा पाठशालामा सभा आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अमेरिकी वैज्ञानिक संस्था नासाका प्रमुख र चिनियाँ राष्ट्र«पतिसमेत संस्कृत भाषा अध्ययनका लागि आकर्षित भइरहेका बेला नेपाली विद्यार्थीले लघुताभाषको अनुभव गर्न नहुने बताए ।

 

सन् २०२४ मा नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनका लागि प्रतिष्ठानले पनि सघाउने प्रतिबद्धता उहाँको थियो । सन् २०१८ मा क्यानडामा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन भएको थियो । सन् २०२१ मा अष्ट्रेलियामा सम्मेलन हुँदैछ ।

 

कार्यक्रममा पूर्वसचिव वामनप्रसाद न्यौपाने, इञ्जिनीयर केशव पोखरेल, जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा. बद्री पोखरेल, महासचिव नवराज कट्टेल लगायतका वक्ताले संस्कृत भाषाको उन्नयनमा सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा सांस्कृतिक हाजिरीजवाफ प्रतियोगितामा पहिलो हुने नेपाल वेद विद्याश्रम गौशाला, दोस्रो हुने कान्ति भैरव गुरुकुल उत्तरवाहिनी, तेस्रो हुने संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र मोक्षदा स्कुल गौरीघाट, सान्त्वना हुने हिन्दू विद्यापीठ थली पुरस्कारसमेत प्रदान गरिएको थियो ।

 

जहानियाँ राणा शासनको जगजगीका बेला वि.सं. २००४ असार १ गते तीनधारा पाठशाला (संस्कृत छात्रावास) मा अध्ययनरत् विद्यार्थीले आधुनिक विषयसमेत पढ्न पाउनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेका थिए । आधुनिक विषय पढ्न पाउनुपर्ने माग राख्ने विद्यार्थीलाई चार भञ्ज्याङ कटाइएपछि आन्दोलन प्रजातन्त्र प्राप्तितर्फ मोडिएको थियो ।

 

चारभञ्ज्याङ कटाइएका विद्यार्थीले देशका विभिन्न भागमा राणा शासनको विरुद्ध प्रजातन्त्रका पक्षमा जनमत निर्माण गर्दै हिँडेका थिए । यसले प्रजातन्त्र प्राप्तिमा सहयोग पु¥याएको थियो । आन्दोलनको नेतृत्व पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले गरेका थिए । (रासस)


थप समाचार

बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

  • 6 seconds ago
बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 6 minutes ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 21 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।