IIMS College

ISMT

HUB Education

जेफ बेजोसको भारत यात्रा, कुर्ता–पाइजामा लगाएर बालबालिकासँग चङ्गा उडाए

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोस यतिबेला भारतमा छन् । राजधानी दिल्लीमा आयोजित साना तथा मझौला कारोबारसम्बन्धी दुई दिवसीय शिखर वार्तामा सहभागि हुन भारत पुगेका बेजोसले आफ्नो यात्रासँग जोडिएका केही तस्वीरहरू इन्स्टाग्राममा राखेका छन् ।

 

बेजोसले सार्वजनिक गरेका तस्वीरहरूमा उनी मकर संक्रान्तिका अवसरमा बच्चाहरूसँग चङ्गा उडाउँदै गरेको देख्न सकिन्छ । त्यस बखत उनले भारतीय कुर्ता–पाइजामा समेत पहिरिएका थिए । ‘चङ्गा उडाउने मौका पाएको कुनै पनि दिन शुभ हुन्छ, धन्यवाद भारत’, बेजोसले क्यापसनमा लेखेका छन् ।

 

 
 
 
View this post on Instagram

Any day is a good day when you get to fly a kite. #ThankYouIndia

A post shared by Jeff Bezos (@jeffbezos) on

 

भारतमा मकर संक्रान्तिका दिन चङ्गा उडाउने प्रचलन रहेका छ । बेजोस बच्चाहरूसँग चङ्गा उडाउँदै गर्दा बाल्यकालमा आफूले चङ्गा उडाउँदाका स्मृतिहरू पनि साटेका थिए । बेजोस मंगलबार भारत पुगेका थिए । भारत पुगेर उनले सबैभन्दा पहिले राजघाटस्थित महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए । 

 

गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको भिडियो ट्वीटरमा शेयर गर्दै उनले लेखेका छन्, ‘भर्खरै भारत आइपुगेँ, र जस्ले वास्तवमै दुनियाँलाई बदलेका थिए उनलाई श्रद्धाञ्जली दिएँ । उनको स्मारकमा एउटा राम्रो दिन बित्यो ।’ ट्वीटरमा भिडिसँगै उनले महात्मा गान्धीको भनाई पनि राखेका थिए ।

 

 

त्यसपछि उनी दिल्लीमा अमेजनले आयोजना गरेको कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा बेजोसले भारतमा एक अर्ब डलर लगानी गर्ने घोषणा समेत गरे । भारतमा एसियाकै धनी मुकेश अम्बानीले अनलाइन बिजनेश ‘देशकी दुकान’का लागि ठुलो लगानी गर्ने बताएसँगै उनले यस्तो घोषणा गरेको मिडिया रिपोर्टहरूमा बताइएको छ । 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 1 hour ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 1 hour ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।