काङ्ग्रेस सांसद लामाद्वारा १० एम्बुलेन्स सहयोग

Education Park

दोलखा । सांसद एवं नेपाली काङ्ग्रेसका नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा दश एम्बुलेन्स रु दुई शववाहन सहयोग गरेका छन् । 

 

जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक एम्बुलेन्स तथा भीमेश्वर र जिरी नगरपालिकालाई थप एक एक शववाहन  सहयोग गर्नुभएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ । 

 

दोलखाको उत्तरी गाउँ खारेमा पहिलो पटक लामाले एम्बुलेन्स सहयोग गरेका हुन् । लामो समयदेखि जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका लामाले गत मङ्सिरमा तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका, बिगुँ गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेका थिए । 

 

मंगलबार लामाले दोलखाको शैलुङ गाउँपालिका, बैत्यश्वर गाउँपालिका, गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स भीमेश्वर र जिरी नगरपालिकामा थप एक÷एक वटा शववाहन  सहयोग गरेका हुन् । 

 

आफ्नो आमा र बुबाका नाममा स्थापना गरिएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट लामाले आज दोलखा सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरी एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् । 

 

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमा नै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ थियो । आफूले कमाएको सम्पत्ति र सांसद भएबापत आउने तलब–भत्ताको रकमबाट एम्बुलेन्स खरीद गरी नागरिकको सेवामा आफूले ध्यान दिएको सांसद लामाले बताए । 

 


थप समाचार

बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

  • 2 minutes ago
बस र पिकअप भ्यान ठाेक्किँदा दुई जनाको मृत्यु

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा आज बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

  • 8 minutes ago
'बुद्धकाे मूर्तिमाथि भएकाे ताेडफाेड विदेशी शक्तिहरूको इसारामा'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले बुधबार राती रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गौतम बुद्धका मूर्तिहरूमाथि भएको तोडफोडो भर्त्सना गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक विद्या

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 23 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।