बेलायती अभिनेत्री लुम्ले नेपाल भ्रमण वर्षको सद्भावना दूत

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • युके

 

लण्डन । 'गोर्खाली चेली' भनेर समेत चिनिने चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको लागि सद्भावना दूत नियुक्त भएकी छन् ।

 

बेलायत भ्रमणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अभिनेत्री लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० सद्भावना दूत नियुक्त गरेका हुन् ।

बिहीवार बेलायतस्थित हाउस अफ लर्डसमा आयोजित एक समारोहमा उनलाई सो जिम्मेवारी दिइएको हो ।  

 

त्यस्तै, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएको छ ।

 

सोहि अवसरमा मन्त्री भट्टराईले हाउस अफ लर्डसमा ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेका छन् ।

 

नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान गर्ने विभिन्न बेलायती टुर अपरेटर, ट्राभल एजेण्ट तथा होटल व्यवसायीहरु समेतलाई नेपाल सरकारको तर्फबाट सम्मान एवम् कदर गरिएको थियो । 

 

 

 

 

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 3 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 4 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 4 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।