एकजना अष्ट्रेलियन अर्वपतिले यस्तो जागिरको अफर गरेपछि

एजेन्सी । अष्ट्रेलिायका एक अर्वपतिले सामाजिक सञ्जालमा एउटा जागिरको विज्ञापन जारी गरेका छन् । मैथ्यु लेपर नाम गरेका यी अर्वपति यस्तो पर्सनल असिस्टेन्ट चाहन्छन् जो उनीसँग हरपल रहुन् ।

 

यसका लागि उनले ५२ हजार अमेरिकन डलर दिन आफु तयार रहेको बताएका छन् । इकमर्स बिजनेस मालिक मैथ्यु लेपर चार कम्पनी चलाउँछन् । उनको एकहप्ताको कमाइ ८५ हजार ७६४ डलर रहेको छ । उनले सामाजिक सञ्जालमा ‘द कुलेस्ट जब इन द वल्र्ड’ नामक टाइटलबाट रोजगारीको पद पोस्ट गरेका हुन् । 

 

उनले आफ्नो पर्सनल एसिस्टेन्टको लागि ५२ हजार डलर र उसको ट्राभलिङ, रहने, खानपिन र हेल्थ इन्सुरेन्सको खर्च समेत उठाउने बताएका छन् । उनले आवेदकको अनुभव र क्षमताका आधारमा तलब दिने समेत बताएका छन् । यो जागिरका लागि हालसम्म ४० हजार आवेदन गरेको बताइएको छ । यसमा अधिंकाश ७५ प्रतिशत महिला रहेका छन् भने कतिले उनलाई विवाहको प्रस्ताव समेत गरेका छन् । 

 

उनले भनेका छन्,‘धेरै जसो आवेदशन ब्रिटेन, इटली, दक्षिण अमेरिका र एशियन युवतीबाट आएका छन् । आवेदकको उमेर २३ वर्षदेखि ३७ साल रहेको छ ।’

 

आवेदकहरु ९ देखि ५ बजेसम्मको जागिरबाट आफुहरु वाक्कदिक्क भएपछि यो जागिर गर्न हौसिएको उनले बताएका छन् । आवेदकलाई कप्युटर राम्रोसँग चलाउन आउनु पर्ने उनले बताएका छन् । आवेदकलाई यो जागिरमा हुने विशेष सबै कामको जानकारी हुनुपर्ने समेत उनले बताएका छन् । 

 


थप समाचार

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 4 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 6 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

  • 6 hours ago
उखु किसान आन्दाेलित, मलंगवामा रिले अनशन सुरू

सर्लाही । उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान संघर्ष समितिले आज आइतबारदेखि मलंगवामा रिले अनशन सुरु गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।