जुन फेस्टिबलमा देखियो बेलायतका नेपाली तन्नेरीहरुको संगीतप्रेम ( फोटोफिचर)

कार्यक्रम हेर्न आए झण्डै ४ हजार दर्शक, अधिकांश तन्नेरी

  • सोमबार, ४ आषाढ, २०७५
  • 6 months ago
  • युके

लण्डन । नेपाली संगीतका चर्चित तथा लोकप्रिय हस्तीहरुको प्रस्तुतिमा बेलायतमा आयोजित एक आउट डोर सांगीतिक कार्यक्रम हेर्न हजारौं दर्शक भेला भएका छन् । 

 

बेलायतका स्थापित इभेन्ट आयोजक 'पर्छ प्रोडक्सन' र बिफेस्टको आयोजनामा शनिबार बेजिङस्टोकमा 'जुन फेस्टिबल' आयोजना भएको थियो । 

 

मध्यान्ह १२ बजेदेखि बेलुका ९ बजेसम्म खुला आकाशमुनी सञ्चालन भएको कार्यक्रम हेर्न झण्डै ४ हजार दर्शक भेला भएका थिए । जसमध्ये अधिकांश युवा तथा किशोर किशोरी नै थिए ।  

 

कार्यक्रममा अफ्रिकन ब्याण्ड ज्यान्तोगोलो र श्रेया राईले नेपाली तथा अफ्रिकन संगीतको फ्युजन प्रस्तुति गरेका थिए भने लण्डनस्थित हामी ब्याण्ड, अमेरिकाबाट आएका गायक दिवस गुरुङ, उदयीमान र्यापर योद्धा, चर्चित गायक नितिशजंग कुंवरदेखि विपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्ड र सबिन राई एण्ड फारोहको बेजोड प्रस्तुतिमा दर्शकहरु दिनभर रमाएका थिए । 

 

'बेलायतमा आउटडोर भेन्यूमा यो लेभलमा नेपाली सांगीतिक कार्यक्रम सम्पन्न भएको यो पहिलोपटक नै हो भन्ने लाग्छ,' आयोजक पर्छ प्रोडक्सनका समिर गुरुङले भने । 

 

कार्यक्रमस्थलमा संगीतका अलावा नेपाली खानाका स्टलहरुमा समेत दर्शकले रमाउने अवसर पाएका थिए । 

 

पर्छ प्रोडक्सन र बिफेस्ट समुह मिलेर नै गत वर्ष पहिलोपटक जुन फेस्टिबल आयोजना गरेका थिए । विश्वप्रख्यात लण्डनको वेम्बली एरिनामा कुटुम्ब ब्याण्ड, विपुल क्षेत्री एण्ड द ट्राभलिङ ब्याण्ड, एज ब्याण्ड र अल्बाट्रोसले प्रस्तुति गरेको उक्त कार्यक्रम झण्डै ७ हजार दर्शकले हेरेका थिए । 

 

हेरौ थप तस्बिरहरु ( सबै तस्बिरहरु : रुपक प्रजापति )

 

 

 

 


थप समाचार

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 34 seconds ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 17 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 25 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।