पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

याङ्गुन । म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । 

 

बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी याङ्गुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । 

 

समाचार सम्प्रेषण गर्नेक्रममा राज्यको गोप्य सूचना चुहाएको र कानुनहरुको उल्लङ्घन गरेको आरोपमा ती दुई पत्रकारलाई म्यान्मार सरकारले पक्राउ गरेको थियो । 

 

पत्रकारद्वय वा लोन र क्या सो उलाई रिहा गरी पुनः काममा फर्कने वातावरण मिलाउन संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसमक्ष आग्रह गरेको म्यानमारको लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहायता कार्यक्रम संयोजक प्रमुख नुट ओस्टबीले बताएका छन् । 

 

ती पत्रकारहरुको रिहाइको लागि संयुक्त राष्ट्रसंघले आगामी दिनमा पनि लगातार आग्रह गर्ने पनि उनले बताए । 

 

यसैबीच, रोयटर्सले आफ्ना दुई पत्रकारलाई जेल सजाय सुनाइएकोप्रति आपत्ति जनाउँदै उनीहरुमाथि झुटो अभियोग लगाएको जनाएको छ । 

 

जेल सजाय दिइएका दुबै पत्रकारमाथि रोहिङ्ग्या समुदायको हत्यामा म्यान्मारका सैनिकको संलग्नताका बारेमा रिपोर्टिङ गरेको र कानुन विपरीत राज्यका गोप्य सूचना सङ्ग्रह गरेको आरोप म्यान्मार सरकारले लगाएको छ । 

 


थप समाचार

यस्तो रहेको छ तपाईको आजको भाग्य

  • 4 minutes ago
यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँस

पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

  • 15 minutes ago
पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा तीन गुणा बढी सुरक्षाकर्मी

काठमाडौं । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवको सरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटिएको छ ।

रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

  • 17 minutes ago
रानी पोखरी निर्माणमा महानगरको दुई करोड डुब्यो

काठमाडौं । रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुननिर्माण गर्ने १० वैशाख ०७३ मा निर्माण व्यवसायी वल्र्डवाइड कँडेल के एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

यस्तो रहेको छ तपाईको आजको भाग्य

वि.सं.२०७६ साल वैशाख ११ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि पञ्चमी, २१ घडी १२ पला, दिउँसो ०२ बजेर ०२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र मूल, ३८ घडी ४० पला, बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त पूर्वाषाढा ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।