ISMT

HUB Education

जुम्लाका विद्यार्थीलाई पुस्तक आइनपुग्दा समस्या

Education Park

 

Kathmandu Trade Show

 

सिञ्जा । चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ । 

 

समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताए । पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उनको भनाइ थियो । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको पाठशालाले जनाएको छ । 

 

यता पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पुरुषोत्तम घिमिरेले पाठशालाले लिखितरूपमा पत्र पठाइदिए पाठ्यपुस्तक उपलब्ध गराउन सकिने जानकारी दिए । स्थानीय निकायको सिफारिसका आधारमा पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकिने उनको भनाइ छ । 

 

पाठशालामा आवश्यक शिक्षकको दरबन्दी तथा आर्थिक स्रोत न्यून भएको प्रधानाध्यापक उपाध्यायले बताए । पुराना २८ छात्रा र १८ छात्र तथा नयाँ भर्ना भएका १२ गरी हाल कूल ५८ विद्यार्थीले पढ्दै आइरहेको उपाध्यायले जानकारी दिए । 

 

विसं २०४१ बाट साविकको कार्तिकस्वामी गाविस र हालको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँमा सञ्चालन भएको उक्त पाठशालामा १० वर्षे द्वन्द्वका बेला पठनपाठन बन्द भएको थियो । 

 

विस्तृत शान्ति सम्झौतापछि २०६९ सालमा शान्ति सुरक्षा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय नजिकै चन्दननाथ भैरवनाथ मन्दिरको काखमा पाठशाला सारिएको प्रध्यानाध्यापक उपाध्यायले जानकारी दिए । 


थप समाचार

रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

  • 3 hours ago
रवि लामिछाने हिरासतमै रहने, फेरि ५ दिन म्याद थप

काठमाडौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।

निरन्तर ओरालोतर्फ नेप्से

  • 3 hours ago
निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो ।

‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

  • 3 hours ago
‘नेपालको हितमा आर्थिक लाभ लिनुपर्छ’

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएकाे छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।