Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाल सुपर लिगमा आज पोखरा र धनगढी तथा झापा र चितवन भिड्ने

नेपाल सुपर लिगमा आज पोखरा र धनगढी तथा झापा र चितवन भिड्ने


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शुक्रबार दुई खेल हुनेछन् ।

दिउँसो १ बजे शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी फुटबल क्लबको सामना गर्नेछ । पोखरा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ७ खेल खेलेको पोखराले ४ खेलमा जित, २ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको छ । समान खेल खेलेको धनगढीले ३ खेलमा जित, ३ खेलमा बराबरी तथा १ खेलमा हार ब्यहोरेर १२ अंक जोडेको छ । पहिलो स्थानमा रहेको पोखरा र दोस्रो स्थानमा रहेको धनगढीबीचको खेल रोमाञ्चक हुनेछ ।

यसैगरि साँझ ५ बजे हुने खेलमा चौथो स्थानको झापा फुटबल क्लबले पुछारमा रहेको चितवन एफ.सीको सामना गर्नेछ । झापाले ७ खेल खेल्दा २ खेलमा जित, ४ खेलमा बराबरी तथा १ खेलमा हार ब्यहोरेर १० अंक जोडी शीर्ष चारमा स्थान बनाएको छ । समान खेल खेलेको चितवनले १ खेलमा जित, ३ खेलमा बराबरी तथा ३ खेलमा हार ब्यहोरेर ६ अंक जोडेको छ । चितवनले शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT