IIMS College

ISMT

HUB Education

जुनियर फुटबल एकेडेमीका विद्यार्थी तथा अभिभावकबीच मैत्रिपूर्ण फुट्सल सम्पन्न

  • सोमबार, ७ माघ, २०७५
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल)ले एकेडेमीमा रहेका विद्यार्थीहरु तथा उनका अभिभावकबीच मैत्रिपूर्ण फुट्सल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । आइतबार सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा सम्पन्न खेलमा करिब २ दर्जनभन्दा बढी विद्यार्थी तथा अधिकांश अभिभावकहरुको संलग्नता रहेको थियो । 

एकेडेमीका संस्थापक तथा प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीका अनुसार विद्यार्थी र अभिभावकलाई एउटै मैदानमा उतार्दा उनीहरुले एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोराछोरीको लागि समय दिएको जस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) तथा काठमाडौं जिल्लाबाट सम्बन्धन प्राप्त जेएफए नेपाल सन् २०१० मा स्थापना भएको एकेडेमी हो । जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई प्याकेजमा फुटबल ट्रेनिङ गराइरहेको छ । साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत थाइल्याण्ड, चीन लगायतका देशहरुमा समेत पठाइरहेको छ ।

 

हाल जेएफएले काठमाडौं उपत्यकामा रहेका ३ दर्जनभन्दा बढी विद्यालयमा फुटबल ट्रेनिङ प्रदान गरिरहेको छ भने शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिन बालुवाटारस्थित एक्लेस फुटबल तथा सानेपास्थित ललितपुर फाइभ ए साइट फुट्सलमा बिहान १० बजेदेखि १२ बजेसम्म ट्रेनिङ प्रदान गरिरहेको छ । साथै जेएफएले अनाथ तथा असाहय बच्चाहरुलाई भने निःशुल्क ट्रेनिङ सेवा पाइरहेका छन् ।

 


थप समाचार

अनन्या पाण्डेकी २४ वर्षीया कजिनको तस्बिरले सामाजिक सञ्जाल ततायो

  • 4 minutes ago
अनन्या पाण्डेकी २४ वर्षीया कजिनको तस्बिरले सामाजिक सञ्जाल ततायो

एजेन्सी । अहिले सामाजिक सञ्जालमा अलाना पाण्डेको तस्बिर निकै भाइरल भएको छ । अलाना पाण्डे अभिनेता चंकी पाण्डेकी भतिजी र अभिनेत्री अनन्या पाण्डेकी कजन सिस्टर हुन् । उनको तस्बिर इन्टरनेटमा छाएको छ ।

बुन्डेसलिगा : बार्यनको सानदार जित

  • 18 minutes ago
बुन्डेसलिगा : बार्यनको सानदार जित

एजेन्सी । जर्मन लिग बुन्डेसलिगा अन्तर्गत बार्यन म्युनिखले सानदार जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बार्यनले हेर्था बर्लिनलाई उसकै होममा ४–० गोलले पराजित गरेको हो ।

रोनाल्डो नायक बन्दा युभेन्ट्स विजयी

  • 27 minutes ago
रोनाल्डो नायक बन्दा युभेन्ट्स विजयी

एजेन्सी । इटालियन लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले आफ्नै होममा पर्मालाई २–१ गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य, माघ ०६ गते

वि.सं.२०७६ साल माघ ०६ गते । सोमबार । ईश्वी सन् २०२० जनवरी २० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– एकादशी, ५१ घडी ५३ पला, रातको ०३ बजेर ४२ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३२ मिनेट ।