न्यायिक समितिमा देखिएन नागरिक अाकर्षण

रुकुम (पूर्व) । जिल्लामा न्यायिक समितिप्रति नागरिकको आकर्षण देखिएको छैन । 

 

स्थानीय तह बनी न्यायिक समिति गठन भएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि जिल्लामा रहेका न्यायिक समितिमा निकै कममात्रामा उजुरी परेका छन् । 

 

जिल्लामा तीनवटा स्थानीय तह रहेकामा एउटा स्थानीय तह भुमे गाउँपालिकाको न्यायिक समितिमा कुनै पनि उजुरी परेका छैनन् । 

 

दोस्रो चरणमा असार १४ गते स्थानीय तहको निर्वाचन भएसँगै गाउँपालिकामा न्यायिक समिति गठन गरिएको तर अहिलेसम्म कुनै पनि उजुरी नपरेको न्यायिक समिति संयोजक मनकुमारी बुढा विष्टले जानकारी दिए । 

 

केही समान्य उजुरी भए पनि वडामै मिल्ने गरेकाले न्यायिक समितिमा एउटा पनि उजुरी नपरेको विष्टको भनाइ छ । 

 

जिल्लाको सिस्ने गाउँपालिकामा रहेको न्यायिक समितिमा हालसम्म सात वटा उजुरी परेका छन् । तीमध्ये दुई उजुरीमाथि छलफल भई मेलमिलाप भइसकेको र बाँकी पाँच उजुरीमाथि छलफल भइरहेको न्यायिक समिति संयोजक गोबरधन बुढाले बताए । 

 

वडामा मेलमिलाप केन्द्र बनेपछि धेरै कुरा वडामै मिल्ने गरेकाले गाउँपालिकामा निकै कममात्रामा उजुरी आउने गरेको उहाँको भनाइ छ । 

 

यसैगरी जिल्लाको अर्को स्थानीय तह पुथा उत्तरगङ्गा गाउँपालिकाको न्यायिक समितिमा पनि निकै कममात्रामा उजुरी परेका छन् । 

 

एक वर्षको अवधिमा पाँच वटा मात्र उजुरी परेको र ती सबै उजुरी फछ्र्यौट भइसकेको न्यायिक समिति संयोजक ओमकुमारी शाही मल्लले बताए । 

 

कुटपिट र भाडा नदिएको सम्बन्धमा परेका उजुरीमा न्यायिक समिति र प्रहरीको साझेदारीमा मेलमिलाप गराइसकेको उहाँको भनाइ छ । 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 25 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।