Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलभारत र पाकिस्तानबीचको खेल आज ‘रिजर्भ डे’मा हुँदै

भारत र पाकिस्तानबीचको खेल आज ‘रिजर्भ डे’मा हुँदै


एजेन्सी । एसिया कपको सुपर–४ चरणमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षा र भिजेको मैदानका कारण पूरा हुन सकेन । अब खेल आज (रिजर्भ डे) कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा ३ बजेदेखि हुनेछ ।

खेल रोकिएको ठाउँबाट फेरि सुरु हुनेछ । खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । यहीँबाट खेल सुचारु हुनेछ ।

भारतीय इनिङ्सको समयमा साँझ ५ बजेर ७ मिनेट जाँदा भारी वर्षा सुरु भएको थियो । करिब डेढ घण्टासम्म परेको वर्षाका कारण मैदानका केही भाग भिजेको थियो । ग्राउन्ड स्टाफले करिब ४ घण्टासम्म ती भाग सुकाउने प्रयास गरिरहे । कहिले कर्मचारीले फोहोर फाल्ने, कहिले पंखाको हावाले ती ठाउँहरू सुकाउने प्रयास गरियो ।

यस अवधिमा अम्पायरहरूले धेरै पटक मैदानको निरीक्षण पनि गरे । चौथो पटक निरीक्षण गर्दा राति ८ः४५ बजे फेरि पानी परेपछि खेल रिजर्भ डेमा गर्ने निर्णय भएको थियो ।

खेल रोकिनुअघि पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । विराट कोहली ८ रनमा अविजित छन् भने केएल राहुल १७ रनमा अविजित छन् ।

यस्तै, शुभमन गिल ५८ रन बनाएर आउट भए । उनलाई पाकिस्तानका शाहिन शाह अफ्रिदीले आउट पारे । यसअघि कप्तान रोहित शर्मा ५६ रन बनाएर आउट भए । उनको विकेट शादाब खानले लिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

Techie IT