थाहा पाउनुहोस तपाईको राशिमा चन्द्र ग्रहणको प्रभाव कस्तो छ ?

ज्यो डा.रुद्रनाथ अधिकारी काठमान्डौँ । नेपालको वर्तमान ग्रह गोचर र भविष्य तथा चन्द्र ग्रहणको समयमा कुन कुन राशीमा कस्तो प्रभाव पर्छ भन्ने बारेमा ज्यो .रुद्रनाथ अधिकारीले छोटो विश्लेषण गरेका  छन  ।ज्योषि बिध्या संग सम्बन्धित केही जिज्ञासा राखेका छौ । उहासंग नेपाली पत्रले गरेको छोटो कुराकानी यस्तो छ ।

 

नेपालमा चन्द्र ग्रहणको प्रभाव के छ ?

 

श्रावण महिनाको ११ गते शुक्रबार रात्रि समय १२ः०९ मिनेटबाट सुरु भई ४ः०७ मिनेट सम्म मोक्ष समय हुने यस खग्रास चन्द्रगहण १०४ बर्ष यताको सबैभन्दा ठुलो हो । यो खग्रास चन्द्रगहण करिव ४ घण्टा सम्म रहने छ । यसले करिव ४२ दिनसम्म यस भुमण्डलमा सकारात्मक र नकारात्मक प्रभाव पारेको हुन्छ । नेपालका लागि यो ग्रहण त्यती धेरै सकारात्मक देखिदैन् ।

 

मकर राशिमा घटित यस ग्रहणले देशमा केहि व्यतmीहरुको प्रतिष्ठामा आच आउने, पदच्यूत हुने, अस्वस्थता र अशान्त साथै प्रतिपक्षबाट असहयोगको अवस्था सिर्जना हुन सक्दछ । राजनीतिक परिदृश्यहरुमा तरङ्गित अवस्था आउनाले राजनीतिक दलहरुमा दुरी बढेर जाने देखिन्छ । हाम्रो नेपालको वृश्चिक राशि, स्वामि मंगल र केतु संगै ग्रहगोचरमा संगै हुदा नकारात्मक संकेतको कार्लसर्प योग र अंगारक योगको सिर्जना गरेको हुन्छ ।

 

यो योगको प्रभाव भाद्र २७ सम्म रहने देखिन्छ । यसले देशमा सेना परिचालन, हुलदङगा हुने, राजनीतिक दलहरुमा विद्रोहको अवस्थाको सिर्जना गर्दछ । मुख्यत यो पश्चिम र दक्षिण भागमा वाढिपहिरोको ज्योखिम हुन सक्दछ । विशेषतया जुन देश प्रदेशमा यो ग्रहण देखिन्छ, विशेष परिवर्तन हुन्छ ।

 

चन्द्र ग्रहणमा कुन राशीमा कस्तो प्रभाव रहन्छ ? 

ज्योतिषिय मान्यताको आधारमा ग्रहणको फल राशि अनुसार राम्रो तथा नराम्रो हुने गर्दछ । कुन राशि कुन नक्षत्रमा ग्रहण लाग्यो भन्ने मान्यताको आधारमा यसको फल निर्धारण हुने गर्दछ ।

 

ज्योतिषिय मान्यताको आधारमा शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएकाले त्यसको करिव ८ घण्टा अघि देखि नै भोजन गर्नु हुँदैन । तर बिरामी, बालबालिका र बृद्धबृद्धाले भने चाहिँ खादाँ हुने बताईन्छ । ग्रहणको समयमा आउने विभिन्न किसिमका विकिरणका कारण खाना दुषित हुने वैज्ञानिक मान्यता समेत रहेको छ । ग्रहणले मानिसहरुको मन, मश्तिष्क र स्वाथ्यमा असर गर्ने हुनाले आफ्नो घरमा रहेका सामानहरुमा कुश, तुलसी राखेर त्यसको विकिरणका प्रवाभ कम गर्न सकिन्छ ।

 

यो ग्रहण मेष राशीलाई रोग र शोक, मिथुन राशीलाई सुख र लाभ, कर्कट राशीलाई मान नास हुने, सिंह राशीलाई कष्ट र भय, कन्या राशीलाई धन हानी हुने, धनु राशीलाई अनिष्ट देखिन्छ । मकरराशीमा नै ग्रहण घटित हुने भएकाले अनिष्ट देखिन्छ । मिन र तुला राशीलाई वरदान सावित, वृश्चिक लाभदायक हुने देखिन्छ । वृष र कुम्भमा सामान्य प्रभाव रहेको छ ।

 

चन्द्र ग्रहणमा के गर्न हुने के नहुने ?

 

यो चन्द्र ग्रहणको सुतक समय सम्म भगवानको आराधना गरेर खासै फल पाईदैन । भोजन, सयन, लेनदेन तथा संभोग गर्दै नगर्ने, कसैको कुभलो नसोच्नुहोला । शुभत्वको कामना गर्नुहोला ।

 

बिस्तृत कुराको लागि भिडियो हेर्नुहोला ।

 

https://www.youtube.com/watch?v=MjWN5wlKN80

 

 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 11 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 12 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 12 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर