प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३ औँ वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।

 

इच्छुक कविले समसामयिक विषयमा लेखिएका १५० शब्दसम्मका कविता आगामी जेठ २५ गतेभित्र बुझाउन सक्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बताए । उनले गत वर्षदेखि वाचनसहितको मूल्याङ्कन गरिएकाले महोत्सव हुने समयसम्म कोरोनाको जोखिम कायम रहेमा कार्यक्रम पर सानुपर्ने हुन सक्ने जनाए । 

 

महोत्सवका लागि बुझाइने कविता पूर्णतः मौलिक हुनुपर्ने र महोत्सव सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यममा प्रकाशन एवम् प्रसारण गर्न नपाइने प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले जानकारी दिए । 

 

महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदकसहित नगद रु. ३० हजार, द्वितीय हुनेलाई रजत पदकसहित नगद रु. २५ हजार र तृतीय हुने तीन जनालाई जनही काँस्यपदकसहित नगद रु. २० हजारका दरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरिनेछ ।


थप समाचार

महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

  • 6 hours ago
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थ

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

  • 6 hours ago
इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ ।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

  • 6 hours ago
जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

एजेन्सी । जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

यसकारण फ्रिजमा राखेको अण्डा खानुहुँदैन !

एजेन्सी । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।