IIMS College

ISMT

HUB Education

काबुलमा आइएस लडाकूद्वारा आत्मसमर्पण

फाइल फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको द्वन्द्वग्रस्त प्रान्त नान्गाहारमा सुरक्षा कारबाही जारी रहेको अवस्थामा इस्लामिक स्टेट्स (आइएसं) समूहका केही सदस्यले आत्मसमर्पण गरेका छन् । 

 

अफगानिस्तानका सुरक्षा अधिकारीहरुले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बल समक्ष आइएसका कमाण्डरहरु समेत गरी कम्तीमा पनि १२ जनाले आत्मसमर्पण गरेका हुन् । 

 

ती सुरक्षा अधिकारीहरुका अनुसार केही स्थानीय कमाण्डरसहित १२ जना लडाकूले अफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ अवस्थित सो प्रान्तमा रहेको सेनाको एक ब्यारेकमा आएर आत्मसमर्पण गरेका हुन् ।  

 

नान्गाहार प्रान्तको आचिन जिल्लामा आतङ्कवादविरुद्ध सुरक्षा बलले जारी राखेको कारबाहीको क्रममा १२ आइएस लडाकू समूहले आफूसँग रहेका शक्तिशाली हतियारसहित अफगान विशेष सेनासमक्ष आत्मसमर्पण गरेका छन् ।  

 

अफगान सेनाद्वारा जारी विज्ञप्तिमा बाँकी आइएस सदस्यले पनि आत्मसमर्पण गर्ने तयारी गरेको सूचना सरकारलाई प्राप्त भएको उल्लेख छ । उनीहरुसमक्ष आत्मसमर्पण बाहेक अर्को कुनै विकल्प नभएको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 

 

गत हप्तामात्र पनि उक्त क्षेत्रमा केही लडाकूहरुले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेका थिए । सो आतंककारी समूहमा लागेका महिला तथा केही बालसैन्य समेत गरी ७०० भन्दा बढीले गत हप्ता आत्मसमर्पण गरेका थिए । 


थप समाचार

कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

  • 11 minutes ago
कोरोना भाइरस संक्रमितको गोली हानी हत्या

एजेन्सी । उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हान

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

  • 15 minutes ago
नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

चितवन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

  • 22 minutes ago
कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृत्यु भएको रहस्य बाहिर आएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।