झोलुङ्गे पुलमा काँढेतार लगाइ दिएपछि...

  • बिहीबार, २७ चैत, २०७६
  • 1 month ago
  • नेपाल

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका  वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा  आवतजावत रोक्न सो पुलमा यहाँका युवाले काँढेतार लगाएका छन् ।

 

कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँढेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताए ।

 

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ । यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।

 

जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ । अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई  कोरोना संक्रमण देखिसकेको छैन । भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका  ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।  

 


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 22 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 32 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 36 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।