Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोखरामा गुटेरेसको भव्य स्वागतको तयारी

पोखरामा गुटेरेसको भव्य स्वागतको तयारी


काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा जाँदैछन् ।

उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

फेवाताल पारी रहेको फिस्टेल लजमा उनी सोमबार राति बस्नेछन् ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविर(एबिसी) जाने कार्यक्रम छ । बिहान साढे छ बजे आधार शिविरका लागि प्रस्थान गरी उनी ६ः ५० मा त्यहाँ पुग्नेछन् । त्यहाँ महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण सर्वसाधारणको जनजीवनमा परेका असरबारे सर्वसाधारणसँग समेत कुरा गने{छन् ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले विमानस्थलमा गुटेरेसको भव्य स्वागत गरिने बताएका छन् । उनले भने, “यो भ्रमणले पोखरा र समग्र गण्डकी प्रदेशमै उत्साह छाएको छ । पोखराको पर्यटन प्रवर्द्धनसहित यसको अन्तर्राष्ट्रिय बजारीकरणमा पनि भ्रमणले ठुलो योगदान पुग्छ ।”

महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले महासचिवको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी दिए ।

विमानस्थलदेखि फिस्टेल गेटसम्मको सडक सिँगारिएको छ । आइतबार सुरक्षा निकायले पोखरा विमानस्थलदेखि फिस्टेल लजसम्म सुरक्षाको पूर्वाभ्यास गरेका छन् । अन्नपूर्ण आधार शिविरमा शुक्रवार नेपाली सेनाको टोली पुगिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्‍यालीलगायतमा रोक

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरकी

महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा संविधानको धारा २४० को उपधारा २ बमोजिम

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको

धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल…

काठमाडौँ । धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल

Techie IT