यूकेका दिदीबहिनी नचाउन गायिका कला पंगेनी लन्डनमा

  • आइतबार, १७ भदौ, २०७५
  • 5 months ago
  • युके

लन्डन । नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बढिरहँदा लोक तथा दोहोरी गायिका कला पंगेनी तीजको कार्यक्रमका लागि लन्डन आइपुगेकी छन् ।

 

जापान, कतार लगायतका मुलुकहरुका भ्रमण गरिसकेकी गायिका पंगेनीको लन्डन भने पहिलो भ्रमण हो । बेलायतवासी नेपाली दाजुभाई दिदिबहिनिहरुसंग तीजको रमाइलो गर्न निकै उत्साहित रहेकी गायिका कला पंगेनीका तीजका गीतमात्र नभएर लोक गीत, रोइला,पन्चे बाजा, रत्यौली लगायतका थुप्रै गीतहरु लोकप्रिय रहेका छन् ।

 

स्टेज कार्यक्रमकी सुन्दरी गायिकाको रुपमा परिचित कला नेपालमा हुने प्राय सबैजसो मेला महोत्सवमा व्यस्त रहँदै आएकीछन् । पछिल्लो समयका उनका लोकप्रिय तीज गीतहरु “पापी घरैमा” र “चिटिक्कै मलाइ सुहायो” बोलका गीतहरु निकै लोकप्रिय बनेका छन् ।

 

लन्डनवासी मीडियाकर्मी नरेन्द्र बस्नेतको लय शब्दमा रहेका दुई तीज गीतहरु  “पापी घरैमा” बोलको तीज गीत गायक खुमन अधिकारीसंग र गायक बद्रि पंगेनीको साथमा “चिटिक्कै मलाइ सुहायो” बोलको गीत गाएकी छन् ।

 

वर्तमान परिवेशमा भड्किला अर्थात समाजमा विकृती फैल्याउने तीज गीतहरुको ओइरो लागिरहँदा गायिका कलाले भने सन्देशमूलक अनि मौलिक खालका मात्र गीत गाउने गरेको बताउंछिन ।

 

लन्डनका विभिन्न स्थानहरुमा आफ्नो सांगीतिक प्रस्तुति राख्नुका साथै आफ्नै नयाँ तीज गीत चिटिक्कै मलाई सुहायो बोलको गीतको म्यूजिक भीडीयोको पनि विमोचन गर्ने कार्यक्रम रहेको उक्त गीतका गीतकार नरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 4 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 5 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 5 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।