भारतबाट फर्किएकामा कालाजार

सांकेतिक तस्वीर

दार्चुला । भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ । 

 

भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आउनुभएका धामी गत साउन महिनामा घर फर्किएका थिए । 

 

शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आउनुभएका उहाँको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिए । 

 

रगत परीक्षण गर्दा कालाजार भएको प्रमाणित भएकाले उहाँलाई जिल्ला अस्पतालले औषधि दिएर थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी जान भनेको जनाइएको थियो । 

 

हिमाञ्चलमा कुक भएर काम गरेँ, धनसिंहधामीले भने, ‘भट्टामा तन्दुरी हाल्थे, स्वास्थ्यको ख्याल गरिएन् । आफू १५ वर्षको उमेर हुँदादेखि हिमाञ्चलमा बस्दै आएको र अहिले घर फर्किदा ज्वरो आउने र कमलपित्त हुनेजस्ता लक्षण देखिएको थियो ।’

 

गतवर्ष कालाजारका बढी बिरामी भेटिएका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताए । 

 

गतवर्ष महाकाली नगरपालिकाकै चार जनामा यो रोग देखा परेकामा एक जनाको ज्यान गएको थियो । कालाजार भेटिएपछि गतवर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोलीले जिल्लाका शङ्कास्पद व्यक्तिमा जाँच गरेको थियो । 

 

यो रोग लागेपछि दुब्लाउँदै जाने, कमजोर हुने, खोकी लाग्ने, महिनौंसम्म ज्वरो आउने, जिउको रङ कालो हुँदै जाने, छाला खस्रो हुने, रक्तअल्पता, राति पसिना आउने, पेट फुल्ने, कलेजोको आकार बढ्ने, रगत बग्नेजस्ता लक्षण देखापर्ने गर्छ । 

 

यो रोग लिस्मेनिया नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा सर्ने गरेको चिकित्सक बडालले बताए । प्राय: गर्मीयाममा साँझपख र राति भुसुना बढी सक्रिय हुन्छन् । पछिल्लो सयम जिल्लामा फोहर बढ्दै जानु, नाली नहर सफाइ नहुनुले पनि भुसुना बढेको बताइन्छ । 

 

भुसुनाको टोकाइबाट बच्न लामा बाहुला भएको कमिज, लामो पेन्ट, र मोजा लगाउन र भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 

 

यस्तै साँझको बेला भुसुना बढी सक्रिय हुने भएकाले कारण घरबाहिर नघुम्ने, राति सुत्दा झुल हाल्ने गरे पनि बच्न सकिने स्वास्थ्यकर्मीको सुझाव छ । 

 

कालाजार उपचारबाट निको हुने रोग भएकोले समयमै स्वास्थ्य संस्थामा आएर जाँच गराउन पनि स्वास्थ्यकर्मीको आग्रह छ । पछिल्लो समय सडकको पहुँच पुगेसँगै तराई क्षेत्रमा पाइने भुसुना लामखुट्टे गाडीसँगै पहाड उक्लिएका हुन् । 

 

अहिले चिसो हुने गाउँमा पनि लामखुट्टे देखिन थालेकाले स्वास्थ्यकर्मीले सङ्क्रमण भएको थाहा पाउने वित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्दै आएका छन् ।


थप समाचार

लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

  • 4 hours ago
लण्डनमा नेपाली बालबालिका र अभिभावकमाझ धर्म, संस्कृति र संस्कारसम्बन्धी अन्तरक्रिया

कार्यक्रमका संयोजक मनोज श्रेष्ठका अनुसार सनातन धर्म, संस्कृति र संस्कार तथा दैनिक जीवनमा यसको आवश्यकताका बारेमा स्कुल र कलेज जाने उमेरका बालबालिकाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना ग

कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

  • 6 hours ago
कुनै समय १०० केजी तौलकी जरिन खान यसरी घटाएकी थिइन् तौल

एजेन्सी । अभिनेता सलमान खानकोे फिल्म ‘वीर’बाट बलिउडको यात्रा तय गरेकी जरिन खान कुनैबेला १०० केजी तौलकी थिइन् । सलमानले फिल्ममा लिने पक्का गरेपछि उनलाई पहिलो शर्त तौल कम गर्नुपर्ने राखेका थिए ।

रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

  • 7 hours ago
रहेनन बरिष्ठ उद्योगी शिवकुमार अग्रवाल

काठमाडौं—बरिष्ठ उद्योगी तथा चर्चित ब्यवसायिक घराना एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन भएको छ । २२ फागुनमा उपचारका क्रममा भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।