IIMS College

ISMT

HUB Education

बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर कालीगण्डकी करिडोरमा काम गर्ने मजदुरको मृत्यु

  • मंगलबार, ७ जेष्ठ, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलेवा । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

उनी करिडोर विस्तारका लागि पहरामा प्वाल पार्नेक्रममा पहराबाट ३० मिटर तल सडकमा खसेका थिए । घटनालगत्तै नेपाली सेनाको टोलीले मगरलाई अञ्चल अस्पताल बागलुङ ल्याएको थियो । अस्पातलले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक झवेन्द्रबहादुर भट्टराईले जानकारी दिए । मृतकको शव परीक्षणपछि धवलागिरि अञ्चल अस्पतालमा राखिएको छ ।

 

नेपाली सेनाको टोलीले आगामी असार मसान्तसम्ममा काम सक्नेगरी बागलुङ–बलेवा खण्डको स्तरोन्नतिको काम गरिरहेको छ । कामका लागि सेनाले मजदुर परिचालन गरेको थियो । अप्ठ्यारो पहरामा बम ब्लास्ट गरेर  सडक विस्तारको काम भइहेको छ । रासस


थप समाचार

नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

  • 9 minutes ago
नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 19 minutes ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 27 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।