IIMS College

ISMT

HUB Education

कालिका आधारभूत विद्यालयमा ४४ अक्षयकोष स्थापना

  • शुक्रबार, २ फागुन, २०७६
  • 1 week ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पाल्पा । रामपुर नगरपालिका–४ स्थित कालिका आधारभूत विद्यालयमा ४४  अक्षयकोष स्थापना भएका छन् । विद्यालयको  समग्र शैक्षिक उन्नयनका लागि ४४  शिक्षाप्रेमी तथा शुभेच्छुकले करिब रु आठ लाख बराबरको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।  रामपुर नगरपालिका भित्र एकै पटक धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गर्ने सो विद्यालय पहिलो बनेको छ ।

 

विद्यालयको  समग्र शैक्षिक गुणस्तर माथि उठाउन र विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न अक्षयकोष स्थापना गरी सहयोग गरेको अक्षयकोष दाता तथा रामपुर नगरपालिका–४ का अध्यक्ष एकबहादुर नेपालीले जानकारी दिए । उनले स्व मातापिता तथा सासू ससुरा एवं सानीआमाको सम्झनामा ‘दल्लीमाया गङ्गाबहादुर चित्रा तेजबहादुर सुमित्रा लालुमाया सार्की’ स्मृति अक्षयकोष स्थापना गरी रु ५० हजार ५०१ एक रकम सहयोग गरेका छन् ।

 

     विद्यार्थीको सिङ्गो जीवनसँग आर्थिक जोडिने भएको हुँदा विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक गुणस्तर उपलब्धिमा सहयोग पुग्ने प्रधानाध्यापक सोमबहादुर सेनले बताए । “आर्थिक समस्याकै कारण कतिपय विद्यार्थीलाई कापी, कलम, पोशाक जुटाउन पनि समस्या छ, उनीहरुका लागि विद्यालयको प्रशस्त आयस्रोत नहुँदा विभिन्न व्यक्तिसँग समन्वय गरेर सानो सानो सहयोग भइरहेको थियो, अब विद्यालयमा नै यति धेरै अक्षयकोष स्थापना भएपछि शिक्षणमा ठूलो राहत मिलेको छ”, उनले भने ।

   

विद्यालयमा शिक्षाप्रेमी, शुभेच्छुकबाट स्थापना गरिएको अक्षयकोष रकम गरिब, विपन्न, जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकारी दिए । 

 

अक्षयकोषको ब्याज रकमबाट गरिब, जेहेन्दार तथा विपन्न विद्यार्थीको शिक्षामा विद्यालयले लगानी गर्ने भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी भएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक कर्मचारी, शिक्षक अभिभावक सङ्घले अक्षयकोष अभियान गाउँगाउँमा चलाएपछि स्वतःफूर्त रुपमा खुशी भएर शिक्षाप्रेमी, अभिभावक, शुभेच्छुकले अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गगरेको शिक्षक रामबहादुर रानाले बताए ।

 

  भौतिक पूर्वाधारमा झट्ट विकास नहुँदा विद्यालय सहयोगमा कसैको चासो थिएन । पछिल्लो समय यहाँका शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, गाउँवासी जुटेर विभिन्न सङ्घ संस्था, जापानी संस्थासँग समन्वय र सहकार्य गरी अहिले पूर्वाधारमा अगाडि बढेको छ ।  सो विद्यालय रामपुर नगरपालिकाको केन्द्र नजिकै भए पनि बत्तीमुनिको अँध्यारोजस्तै थियो । पछिल्लो समय विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा फड्को मार्दै गएको छ ।  विद्यालयमा रु पाँच हजारदेखि ५० हजारसम्मका अक्षयकोष स्थापना भएका छन् ।


थप समाचार

कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति, के के मा छ लगानी ?

  • 9 minutes ago
कति छ विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पको सम्पत्ति, के के मा छ लगानी ?

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कति सम्पत्ति होला ? यसबारे कमैलाई मात्र थाहा हुनसक्छ । उनी एक चर्चित रियल स्टेट व्यवसायी हुन् । अमेरिकी राष्ट्रपति भएपछि उनको अर्कै छवि बन्न पुग्यो ।

दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

  • 26 minutes ago
दक्षिण कोरियामा कोरोना भाइरसको त्रासः एक दिनमै १६१ जनामा देखियो संक्रमण

एजेन्सी । दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार कोरोना भाइरसका कारण दक्षिण कोरियामा चार जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

  • 30 minutes ago
चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २५९२ पुग्यो

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण २५९२ जनाको मृत्यु भएको छ । झण्डै ७८ हजार जना यो भाइरसबाट संक्रमित भएका छन् । चीन सरकारले भाइरस रोकथामका लागि विभिन्न प्रयास अपनाइराखेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।