तीन दशकपछि कालोपत्रे सुरु भयो

  • बिहीबार, १२ आषाढ, २०७६
  • 3 weeks ago
  • नेपाल
Education Park

डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो । 

 

पूर्वाधार विकास कार्यालय डडेल्धुराको करीब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । 

 

सिएसटी प्रविधिमा सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रे भएपछि भित्री मधेशका आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकाका साथै भागेश्वर गाउँपालिकाकाको वडा नम्बर १ र २ का केही गाउँका स्थानीय लाभान्वित हुने परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउदले बताउनुभयो । खोलामा पुल निर्माण नहुँदा वर्षातको समयमा यात्रुलाई केही असजिलो हुने भएकाले पुल निर्माण गर्नका लागि पहल गरिरहेको उनको भनाइ थियो ।

 

जिल्लाकै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रको प्रमुख सडकका रुपमा रहेको यो सडक कालोपत्रे भएपछि बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन हुने आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङको भनाइ छ । स्थानीय उत्पादनलाई सहजरूपमा अन्यन्त्र पठाउन पनि सहज हुने स्थानीयको भनाइ छ ।


थप समाचार

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 10 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 17 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।

घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

  • 20 minutes ago
घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

एजेन्सी । घरपालुवा जनावरसँग साथ बिताउने गर्नाले कलेजका विद्यार्थीहरुको मुड राम्रो हुनुका साथै स्ट्रेस लेभल पनि कम हुने एक अध्ययनले देखाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।