IIMS College

ISMT

HUB Education

‘सतीदेवीको शव बोक्दै’ कालु कुमाले

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । एक्काइसौँ शताब्दीका एक शिव छन् जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्छन् । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । 

 

जीवनको उत्तरार्द्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्छन् । आफूले आफैलाई सान्त्वना दिनका लागि उनले आफैलाई मूर्तीकरण गरे र सतीदेवीको मूर्ति बनाए ।

 

उनी आफ्नो एक्लोपन मेट्न दैनिक ज्यासलमा जान्छन् र महिलाका रुप सतीदेवी, बूढी आमा, वसुन्धरा आदि बनाउँदै आफूलाई भुलाउँछन् । एक फिट अग्लो मूर्तिमा कुमालेले शिव र सतीको मूर्तीकरण गरी एउटा नौलो काम गरेका छन् ।

 

लक्ष्मीमायाले उनलाई खेतमा काम नगरी मूर्ति मात्र बनाउन प्रेरणा दिइन्, पतिको रुचिलाई प्रोत्साहन गरिरहिन् । लक्ष्मीमाया अहिले हात्तीवन, उद्योगमार्ग घरमा छैनन् । 

 

यही साउन २५ गते आफूसँगको कुराकानीमा उनले आफ्नी सतीदेवीलाई सम्झिए र आँशु चुहाएरै छाडे । खुलेर कुराकानी गर्न पनि सकेनन् । यसरी कुरा भन्दा कामले नै कालुलाई नेपालको क्रोधकला शिरोमणि बनाइदियो ।  

 

 

हालसम्म उनले महाकाल, भैरव, रुद्र आदिका क्रोध मुद्रा र अन्य साना ठूला गरी ६ सय मूर्ति बनाएका छन् । अहिले ८७ वर्षमा हिँड्दा पनि उनी केही न केही बनाइरहन्छन् । 

 

शयन गरिरहेका गणेश पनि उनको पछिल्लो कृति हो जुन १० इञ्च अग्लो छ । शायद शयन मुद्राको यो गणेशको मूर्ति नेपालमा पहिलो हुनुपर्छ जस्तो पाटन हौगलमा शयन मुद्रामै गौतम बुद्धको मूर्ति बनाउने श्रेय कृष्णबहादुर राजकर्णिकारले पाएको उहाँका छोरा घनश्याम राजकर्णिकार जिकिर गर्छन् । 

 

‘यस्तो बु्ढ्यौलीमा पनि बुवा कल्पना र विचारमा डुबिरहनुहुन्छ’, उनका साहिँला सुपुत्र मूर्तिकार राकेश अवालेले बताए । राकेशलगायत उनका अन्य छोराहरु पनि अहिले मूर्तिकलामा लागिरहेका छन् । राकेशकै प्रबन्ध निर्देशकत्वमा अहिले हात्तीवनमा कालु आर्टस एण्ड ह्याण्डिक्रयाफ्ट प्रा.लि. वि.सं. २०६३ भदौदेखि सञ्चालित छ । 

 

प्रा.लि.ले कुमालेसँग मूर्तिको पहिलो मैन प्रारुप मूल्य तिरेरै किन्छ । त्यसैलाई प्रा.लि.ले प्रायः तामाको मूर्ति बनाउँछ । त्यस्ता मूर्ति कतिपय अर्डरमा आउँछन् भने कतिपय कुमालेका आफ्नै स्वतःफूर्त कल्पनाबाट बनेका हुन्छन् ।  

 

भर्खरै बन्दै गरेको दुई किसानको मुक्कामुक्की उनको प्रारम्भिक जीवनको प्रतिविम्ब मान्न सकिन्छ । उनी आफ्नो पृष्ठभूमि र धरातल पनि कहाँ भुल्न सक्छन् र ? हेर्दा धातुका यस्ता मूर्ति हातले धातु नै कुँदेर बनाइएको हो कि भन्ने लागे पनि त्यस्तो होइन ।

 

मौरीको चाकाबाट प्राप्त मैन किनेर त्यसलाई कम्पास, धागो, सिलकु, चायगुजस्ता अनेक उपकरणको प्रयोग गरी रुप दिइन्छ । त्यसलाई  आवश्यकतानुसार हाकुचा, गठीचा, पहेँलो, मसिनो र कडा माटो आदिले लेपन गरिन्छ । सुकेपछि त्यसलाई भुसले छोपिन्छ । त्यो पनि सुकेपछि त्यसमाथि धातु पगालेर हालिन्छ र भट्टीमा लगी पोलिन्छ । यसबाट मैन झरेर जान्छ । 

 

पोलिएको माटो उप्काएपछि मूर्तिको आकार आउँछ । त्यसलाई पोलिस गरेपछि मूर्ति तयार हुन्छ । एक सपाट मूर्तिमा आँखा, ओठ, दाँत, कान, गाला, हात तथा भावभङ्गिमा वा मुद्रा आदि सन्तुलन र अनुपात मिलाउनु नै निकै गाह्रो काम हो  ।

 

 

त्यसमाथि एकपछि अर्को खप्टेका मूर्ति छन् भने तिनको समन्वय गर्नु कम्ती सहज काम होइन । वज्रभैरव महिष संवर मूर्ति त अरुले नसकेर कुमालेले  तीन वर्ष लगाएर पूरा गरे जुन अहिले भिक्टोरिया एण्ड एल्बर्ट म्युजियम लण्डनमा पनि राखिएको थियो । ‘मलाई भगवान्ले दिएको शक्ति हो यो’, कुमाले भन्छन् । 

 

उनी आफ्ना गुरुको ध्यान र धूपबत्ती पनि गर्छन् । निदाएका बेला गुरुले आएर मूर्ति निर्माणमा निर्देशन पनि दिने उनले बताए । ‘मैले जीवनमा एक घण्टा मात्र सुतेर पनि काम गरेँ, मूर्तिकलामा लाग्नेले आफैँ मेहेनत गर्नुपर्छ’, उनले भने । 

 

छोराहरु र आफ्नो काम गराइमा फरक पाए पनि तिनलाई मिहिनेत गर्न उनले सुझाए । अरुको नक्कल गरेर छिनमै मूर्ति तयार नगर्न पनि उनी सबैलाई आग्रह गर्छन् । आधुनिकताले कला क्षेत्रको मूल्य ह्रास भएकामा  उनी चिन्तित छन् ।

 

अहिले उनी भैरवको मकुण्डो, वसुन्धरा, मञ्जुश्री, वज्रयोगिनी, नमोबुद्ध, ब्रह्मा, गरुड आदि बनाउँदै छन् । नेपालको एक मात्र उत्तर बग्ने कर्मनशा खोला छेउमा बस्ने कालु र उनका छोराहरू भने मूर्तिकला कर्मलाई संस्थागत बनाई नेपाली मूर्तिकलाको विकासमा लाग्ने र आफ्नो कर्मलाई अझ बलियो बनाउने प्रण गर्छन् । 

 

पत्रकारहरुलाई हौसला दिन उहाँ र छोराहरुको सहयोगमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना भएको छ । आफ्नो कलायात्राको हीरक उत्सव मनाउन लागेका कुमालेका पहिलेका र पछिल्लो कालका मूर्तिको प्रदर्शन, वृत्तचित्र निर्माण र उनको व्यक्तित्व र कृतित्वबारेको पुस्तक प्रकाशन पनि आगामी महिना हुँदैछ । 

 

खुशीको कुरा, अहिले कुमालेका छोरा राकेश र राजेश मात्र होइन, नाति रोजेश अवालेमा पनि मूर्तिकला हस्तान्तरण भइसकेकाले नेपालमा मूर्तिकलाको भविष्य उज्यालो भएको ठोकुवा गर्न सकिन्छ ।


थप समाचार

बेलायत आउँदै 'छ माया छपक्कै'

  • 4 hours ago
बेलायत आउँदै 'छ माया छपक्कै'

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले बताए ।

काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

  • 6 hours ago
काेहलपुर घटनाप्रति नेपाली काँग्रेसकाे ध्यानाकर्षण

काठमाडौँ । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति

प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

  • 6 hours ago
प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौँ । भक्तपुर १ (क)बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भँडेललाई प्रदेश नं. ३, प्रदेशसभाका सभामुख सान



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।