वास्तविक लुटेराहरू बालुवाटार र सिंहदरबार वरिपरी छन् : कमल थापा

फाइल फाेटाे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिबन्ध विप्लव समूहमाथि नभई बालुवाटार र सिंहदरबार वरिपरी रहेका लुटेराहरूमाथि लगाउन सरकारलाई सुझाव दिएका छन् ।

 

शुक्रबार काठामाडौँको भृकुटीमण्डपमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा लुटतन्त्र मच्चिरहेको दाबी गरे ।

 

अध्यक्ष थापाले विप्लवको नेकपालाई लुटेरा समुह भनेको सुनेको भन्दै वाइडबडी, एनसेल र ३८ क्वीन्टल सुन तस्करी काण्डका वास्तविक लुटेराहरु बालुवाटार र सिंहदरवार वरिपरि रहेकाले उनीहरुलाई प्रतिबन्ध लगाउन चुनौती दिए ।

 

‘चाहे एनसेलको ४० अर्बको कर छलि होस् वा बाइडबडी खरिद प्रकरण अथवा ३८ क्वीन्टल सुन तस्करी प्रकरण नै किन नहोस् ठुला पार्टीको आडमा भएकाले अपराधी पत्ता लाग्दैनन्’, अध्यक्ष थापाले भने, ‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्नेको अनुहार नहेर्ने भन्नुभएको छ । प्रधानमन्त्री ज्यु तपाई भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नुहुन्छ भने एनसेल, सुन तस्करी र वाइडबडी प्रकरणका अपराधीलाई कारवाही गरेर देखाउनुस्, जनता तपाइका ऋणी हुनेछन् ।’ 

 

सरकारको चर्को आलोचना गर्दै उनले सिके राउतसँग भएको सहमति राष्ट्रहितविपरित र रहस्यमय रहेको भन्दै सहमतिमा राउतले देश टुक्र्याउने काम नगर्ने भनेर नभनिएकोमा सरकारको कमजोरी रहेको बताए । 


थप समाचार

जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

  • 11 minutes ago
जनताको जलविद्युत् कार्यक्रम सुरु, प्रधानमन्त्रीले किने त्रिशूली ‘बी’को शेयर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्र

इन्जुरी समयको गोलले वेल्स विजयी

  • 22 minutes ago
इन्जुरी समयको गोलले वेल्स विजयी

काठमाडौँ । इन्जुरी समयमा बेन वुडबर्नले गरेको गोलले वेल्स विजयी भएको छ । बुधबार राति सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सले त्रिनिडाड एण्ड टोबागोलाई १–० गोलले पराजित गरेको हो ।

यौन धन्दाको काण्डमा फसेका यी बलिउड तथा साउथ इन्डियन नायिका

  • 25 minutes ago
यौन धन्दाको काण्डमा फसेका यी बलिउड तथा साउथ इन्डियन नायिका

भारतमा सेक्स र्याकटको यो काण्ड पहिलो भने होइन। यो भन्दा पहिले पनि बलिउड तथा साउथ इन्डियाका नायिका कयौ पटक यौन धन्दाको काण्डमा फसिसकेका छन्।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।