पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • बिहीबार, ९ जेष्ठ, २०७६
  • 3 weeks ago
  • युके
Education Park

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

 

शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो रेकर्ड तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

 

सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा बेस क्याम्पमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो । हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढसयबढीको उद्दार गरिएको थियो ।

 

सगरमाथा वेसक्याम्पमा कम्पन पढ्दै फोटोपत्रकार विनोद अधिकारी ।

 

पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्दारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।

 

कामीरिता शेर्पाले यसपटक एउटै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड समेत कायम गरेका हुन् । सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको लोकार्पण गरेको फिल्ममेकर तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए ।

 

अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन विज्ञापन निर्माण गरेर रेकर्ड कायम गरेका थिए । उनले सन् २०११ मा सगरमाथामा दुई महिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए ।

 


थप समाचार

भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

  • 14 minutes ago
भ्रष्टाचार आरोपबारे छानविनका लागि सुडानका पूर्व राष्ट्रपति अभियोजनकर्ताको कार्यालयमा उपस्थित

खार्तूम । सुडानका पूर्व राष्ट्रपति ओमार अल बसिरलाई आइतबार खातूमस्थित अभियोजनकर्ताको कार्यालयमा उपस्थित गराइएको छ । उनीमाथि लागेका भ्रष्टाचार तथा अवैधरूपमा विदेशी मुद्रा लुकाएको आरोप लगाइएको छ ।

कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

  • 20 minutes ago
कोपा अमेरिकामा उरुग्वेद्वारा इक्वेडर पराजित

काठमाडौँ । उरुग्वेले इक्वेडरलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न कोपा अमेरिका अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरमाथि ४–० गोलको जित निकालेको हो ।

हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

  • 30 minutes ago
हाई भोल्टेज गेममा भारतद्वारा पाकिस्तान ८९ रनले पराजित

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत हाई भोल्टेज गेममा भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको हो



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

गाजरमा हिराको औँठी !

गाजरमा हिराको औँठी !

एजेन्सी । एक महिलाले सन् २००४ मा हराएको हिराको औंठी भेटियो त्यो पनि गाजरमा बेरिएको अवस्थामा । क्यानडाको अल्बर्टाकी मेरी ग्राम्सको हिराको औँठी झण्डै १५ वषअघि हराएको थियो । हराएको यति लामो समयसम्म समेत नभेटिएपछि उनले औँठी भेटिने आश मारिसकेकी थिइन् । तर, हालै उनले उक्त औँठी आफ्नै बगैँचामा फेला पारेपछि उनी मात्रै होइनन् यो समाचार सुन्ने सबै अचम्ममा परेका छन् ।