भारतीयले बन्धक बनाएका कञ्चनपुरका १५ जना नागरिक नियन्त्रण मुक्त

  • बुधबार, २ साउन, २०७५
  • 4 months ago
  • नेपाल

कञ्चनपुर । कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाहबाट नियन्त्रणमा लिएका १५ जना नेपाली मंगलबार साँझ मुक्त भएका छन् । 

 

सोमबार बैवाहका स्थानीय बासिन्दाका दुई जोर राँगा भारतीयले चोरी गरेर लगेपछि नेपालीले पिछा गर्दै भारतीय क्षेत्रमा राँगा भेटाएपछि भारतीय मञ्जित सिंह, गुरुसेवक र सतनाथलाई कुटपिट गरेपछि उत्पन्न विवादले चर्को रुप लिएपछि ठूलो हुलमा आएका भारतीयले नेपाली बस्तीमा छिरेर नेपालीमाथि कुटपिट गर्दै १५ जनालाई नियन्त्रणमा लिई भारतको कम्पोजनगरतर्फ लगेका थिए । 

 

जसमध्ये छ जना भागेर नेपाल आउन सफल भए पनि अन्य नौ जनालाई भारतीयले कम्पोजनगरमा लगेर बन्धक बनाइराखेको स्थानीयवासी विमल धामीले बताए । 

 

उनीहरुलाई भारततर्फ लगेको खबर पाइएपछि बेलडाँडी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रहरी लगायतको टोली कम्पोजनगर पुगेछि नेपालीहरु नियन्त्रण मुक्त भएका हुन् । 

 

मुक्त हुनेमा बैवाहका कालुराम चौधरी, भुवनप्रसाद चौधरी, चन्द्र चौधरी, बलराम चौधरी, रामु चौधरी, विष्णु चौधरी, मञ्जु चौधरी र सुरज चौधरी रहेका छन् । 

 

नेपालीले कुटपिट गरेका तीन जना भारतीयलाई औषधोपचार खर्चबापत भारतीय रु ३० हजार उपलब्ध गराएपछि नेपालीलाई छाडेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए । 

 

“भारतीय सरपञ्च, प्रहरी, नेपाली जनप्रतिनिधि र प्रहरीको मध्यस्थतामा नेपालीहरुलाई छाडिएको छ”, उनले भने । दिनभर सीमा क्षेत्रमा तनाव सृजना भए पनि अहिले अवस्था सामान्य रहेको बताइएको छ । 


थप समाचार

प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

  • 12 minutes ago
प्रकाश दाहाल निधनकाे एक वर्ष, स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँ

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको छ ।

मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

  • 24 minutes ago
मन्त्री हुस्सु बन्दा सचिव सरुवामा किचलो

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै सरकार कानूनी झैझमेलामा फस्दै आइरहेको छ । यो सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गरे पनि त्यो पनि न्यायपालिकाको उ

हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

  • 33 minutes ago
हरिबाेधनी एकादशी मेला भर्न शेषनारायण मन्दिरमा दर्शनार्थीकाे भीड

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।