यस्तो छ कमेडियन कपिल शर्माको उतारचढावपुर्ण जीवन यात्रा

पछिल्लो समय कमेडियन कपिल शर्माको दिनहरु खासै राम्रो चलेको छैनन् । उनी मानसिक रोगको शिकार भएका छन् । एक पत्रकारसँगको विवाद उनी यति धेरै विवादमा आएकी पछिल्लो समय उनको पक्ष लिएर बोल्ने पनि कमै रहेका छन् । 

 

कुनै समय कमेडियन कपिल शर्मा फोब्र्स म्यागजिले प्रकाशित गरेको सबैभन्दा धनी १०० सेलिब्रिटीको लिस्टमा सातौ स्थानमा रहेका थिए । 

 

फोब्र्स म्यागजिनको सुचीमा आएका कपिल टेलिभिजन उद्योगका एक सफल र धनी व्यक्ति बताएको थियो । पछिल्लो समय उतारचढाब भोगिरहेका कपिलको पहिलो जिन्दगी कस्तो थियो त ? 

 

यस्तो छ कपिलको पारिवारिक पृष्ठभुमि

 

मध्यम वर्गिय परिवारमा जन्म लिएका कपिलको घरमा बोलाउने नाम टोनी हो । कपिलको जन्म सन् १९८१ मा अप्रिल २ मा पंजावको अमृतसारमा भएको थियो । कपिलका पिता प्रहरीमा जागिरे थिए भने आमा गृहणी थिइन् । कपिलको एउटा भाइ आलोक शर्मा र एउटी बहिनी पुजा शर्मा रहेकी छिन् । 

 

जब सेटमा कपिलको को–स्टारको मृत्यु भएको थियो

 

कपिल शर्मा पंजावमा अपकमिङ फिल्म ‘फिरंग’ को प्रचारमा व्यस्त रहेका छन् । सुटिङको दौरान केही उनको को–स्टार किशोर कुमारको सेटमा मृत्यु भएको थियो । कपिलले केही नसोची सिधै किशोरको लाशलाई अमृतसार लिएर गएका थिए । उनले किशोरको परिवारलाई सान्तोना दिने काम गरेका थिए । यहाँसम्मकी किशोरको बच्चाहरुको पढाइको जिम्मा समेत आफुले लिएका थिए । 

 

साथीहरुसँग समय बिताउन निकै मनपर्छ कपिललाई

 

अमृतसारमा रहेका पुराना साथीहरुसँग समय बिताउन कपिल निकै रुचाउँछन् । कपिललाई आफनो पुरानो बाइक बुलेट चलाउन मनपर्छ । लेट नाइटसम्म साथीहरुसँग समय बिताउन उनलाई मनपर्छ । कपिल अझै पनि कलेज फ्रेड्स र थिएटरका साथीहरुसँग टचमा रहेका छन् । कपिल आफ्नो प्लानमा साथीहरुलाई प्राथमिकतामा राख्ने काम गर्छन् । जब कपिल आफ्ना साथीहरु वा परिवारसँग हुन्छन् उनी आफ्नो मोबाइल अफ गर्छन् । 

 

कपिलको पिताको मृत्यु क्यानसरका कारण भएको थियो । सायद त्यही भएर हुनसक्छ क्यानसर पिडितहरुको उनी मदत गर्न खोजिरहन्छन् । त्यस्तै क्यानसर पिडितहरुको अन्तिम इच्छा पुरा गराउन समेत उनले कोशिस गर्छन् । 

 

कपिल शर्मालाई सिम्पल लाइफ जिउन मनपर्छ । त्यही कारणले पनि उनी धेरै कार्यक्रममा जाँदैनन् । उनी आफ्नो लाइफस्टालको पनि त्यति वास्था गर्दैनन् । 

 

कपिललाई भेदभाव गरेको व्यवहार मनपर्दैन । सबैलाई समान सम्मान गर्नुपर्छ भन्ने मान्यता उनी लिन्छन् । 

 

सेटमा काम भइरहँदा उनी त्यतिकै बस्दैनन् । आफ्ना साथीहरुलाई उनी विभिन्न तरिकाले मदत गर्छन् । कहिलेकाँही आफ्ना सेटका साथीहरुसँग पैसाका कारण काम रोकिएको थाहा पाउँछन् उनी स्वयम आफैले भेट्न गएर उनीहरुको मदत गर्छन् । दिएको पैसा पनि फिर्ता लिदैनन् । आफुले कमाएको पैसा सदैव राम्रो काममा खर्च भएको उनी देख्न चाहान्छन् । 

 

सेलिब्रिटी भएपछि धेरै विदेशी खाना खान रुचाउँछन् तर उनी भने देशी खाना खान रुचाउँछन् । कपिलले धेरैपटक आफ्नै साथीहरुको टिफिनको खाना खाएका छन् । सुटिङका दौरान आफ्नो खाना साधारण होस् भन्ने उनी चाहान्छन् । उनी साधारण होटलबाट खाना अर्डर गर्छन् । 

 

कपिल आफ्नो जन्मदिनलाई त्यति महत्व दिदैनन् । आफुलाई हालसम्म उनले सपिङ पनि गरेका छैनन् । कपिललाई बाटोमा रहेका पसलमा गएर टिसर्ट किनेर लगाउन समेत कुनै आपत्ति लाग्दैन ।    

 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 5 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 10 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 10 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।