ठेकेदारकाे लापरबाहीले कर्णाली राजमार्गका पुलहरू अलपत्र

कालीकोट । ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ । 

 

सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने चार र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरी पाँचवटा पुलको निर्माण अलपत्र बनेको छ । 

 

निर्माण अलपत्र पर्नेमा रसुवाइलाईट सूर्यजेभी निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको दैलेको जाग्सि खोला व्रिजपुल,जयवुद्ध नेपाल मेगा जेभी निर्माण सेवाले जिम्मा लिएको दैलेखको, बोटखोला व्रिजपुल, रोशनश्याम एण्ड शङ्कर जेभी निर्माण सेवाले जिम्मा लिएका दैलेखमै पर्ने कुमाले खोलाको व्रिजपुल रहेको छ । 

 

त्यस्तै गोल्डेन गुण जेभीले निर्माणको जिम्मा लिएको दैलेखको आठबिसे नगरपालिकास्थित घटेखोलाको व्रिजपुलको र कालीकोटको तिलागुफा नगरपालिकास्थित खल्ल्लागाड खोलको पुलको म्याद थप गर्दासमेत अझै निर्माण अलपत्र अवस्थामा रहेकोे सुर्खेत सडक डिभिजन कार्यालयले जनाएको छ । 

 

यस्तै सुर्खेतदेखि दैलेखको दैखोलासम्म १२ वटा पुलको निर्माणको जिम्मा लिएको रसुवा निर्माण सेवाले सम्झौता सकिन लाग्दा पनि पुल निर्माणको अवस्था ढिलासुस्ती रहेको छ । 

 

सुर्खेत सडक डिभिजन कार्यालयका इञ्जिनीयर देवेन्द्र भट्टराईले ठेकेदारले समयमै ठूलो लागतका पुल निर्माण नगर्दा यात्रुले समस्या भोग्न बाध्य भएको बताए । 

 

सरोकारवाला निकायको उदासिनता, ढिलासुस्ती र ठेकेदारको लापर्वाहीका कारण कर्णाली राजमार्गअन्तर्गत पर्ने अति आवश्यकीय पाँचवटा व्रिज पुलको निर्माण कार्य अलपत्र परेकोे पनि भट्टराईले बताए । 

 

कालीकोटको तिला गुफामा पर्ने टाकुल्ला खोलाको पुल भने वर्षौ समय खर्चिदासमेत पुल नबन्दा कालो सूचीमा परिसकेको बताउँदै बाँकी पाँच ठाउँका पुल निर्माणको ठेक्का पाएको चार वर्ष भन्दा बढी भइसकेको उनको भनाइ छ । 

 

राजमार्गको दैलेखको जाक्सी खोलामा रु १८ लाखको लागतमा निर्माण हुने ५० मिटर लम्बाई व्रिज पुलको पिलर मात्र ठड्याएको छ । सम्झौता मिति सकिएको तीन वर्ष बितिसक्दा पुलको पिलर मात्र ठड्याएको छ । यस्तै अन्य चारवटा पुलको अवस्था पनि उस्तै रहेको पाइएको छ । 

 

हिउँदको समयमा एक दुईजना कामदार मजदुरी गरिरहेका देखिन्छन् । बाँकी समय निर्माणस्थलमा न कामदार देखिन्छन् न त ठेकेदार नै आउने गरेको स्थानीयवासी बताउँछन् । एक दुई दिन लगातार वर्षा हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । सडक अवरुद्ध यात्रुले सास्ती खेप्न बाध्य हुन्छन् । 

 

दैलेखको जाग्सी खोलाको पुल निर्माण अवधि २०७० मा सम्भौता भई गत वैशाख मसान्तमै सकिनुपर्ने भएपनि अहिलेसम्म पिलर मात्र खडा गरिएका छन् । २०७३ सालमा पिलर खडामात्र गरिएको पुल भत्किएपछि म्याद थप गरिएको थियो, तर वर्षमा एक महिना काम गरेको जस्तो गर्ने र बाँकी समय कामै नहुने गरेको स्थानीयवासीको गुनासो छ । 

 

ठेक्काको सम्झौता हुँदा निर्माण कम्पनीलाई दिएको म्याद सकाएर दुई/दुई पटक थपिएको भएपनि अझै थप समय पनि त्यसै गुजारिएको छ । छिट्टै पुल बन्छ, भनेर सुनेको तीन वर्ष भएपनि पुल नबन्दा यहाँका स्थानीयवासीलाई खोला तर्न निकै समस्या भएको छ । कालीकोटका गाडी चालक विष्णु शाहीले भने प्रत्येक वर्षामा सधैंँ ज्यान धरापमा राखेर खोला तर्न बाध्य हुनु परेको गुनासो गरे । 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 25 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 27 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 37 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।