भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

Education Park

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आजसम्म चार वटा भयानक युद्ध भइसकेका छन् । र यो जारी रहेको छ । थामिने नाम लिइरहेको छैन ।’

 

आज पनि भारत र पाकिस्तानको सम्बन्ध काश्मिरमा भएका घटनाहरुले निर्धारण गरेका छन् । काश्मिरमा कहिले पाकिस्तानका जवानहरु सहिद भएका छन् भने कहिले भारतका । भारतले आतंवादीहरुको संरक्षण पाकिस्तानले गर्दै आइरहेको बताउँदै आइरहेको छ । आतंकवादीहरुको नाममा पाकिस्तानले आफ्ना सेनाहरु मारेको आरोप भारतको रहेको छ । 

 

सन् २०१६ मा भएको पथानकोट हमला, त्यसपछि भारतले जबाफी कारबाहीमा गरेको सर्जिकल स्ट्राइक केही उदाहरण हुन् । तर, यस वर्षको सुरुवातसँगै जम्मु काश्मिरको श्रीनगरमा भएको आतंकवादी आक्रमणले कतै भारत र पाकिस्तानबीच युद्ध हुने त होइन् भन्ने आशंका सबैमा उब्जिएको छ । आफ्ना ४० जना सैनिकको गुमाएको भारत सरकारले पाकिस्तानसँग बदला लिने बताइरहँदा युद्धको तयारी गरिरहेको छनक विश्व समुदायले आकलन गरिरहेका छन् । यो घटनाले विश्व राजनीतिमा ठुलो तरंग ल्याउने अनुमान विश्लेषकहरुले गरेका छन् । 

 

दुवै देशमा आणविक हतियार रहेका छन् । कतै क्षेत्रिय आणविक युद्ध हुने त होइन भन्ने आशंका पनि उत्तिकै उठेको छ । 

 

यी दुई देशको सैन्य शक्ति कस्तो होला त ? कुन देशसँग कस्ता हतियार छन् । के युद्धका लागि दुवै देशले एकअर्कालाई ललकार्न सक्लान् त ? 

 

मिलिटरी एनालेटिक्स वेवसाइट ग्लोबल फायरपावरका अनुसार भारतसँग विश्वकै चौथो शक्तिशाली सैन्य शक्ति रहेको छ । उसले वार्षिक ५१ बिलियन डलर रक्षामा खर्च गर्दै आइरहेको छ । 

 

त्यस्तै पाकिस्तान सैन्य शक्तिको १३ औ स्थानमा रहेको छ । उसले वार्षिक ७ बिलियन डलर रक्षामा खर्च गर्दै आइरहेको छ । 

 

भारतसँग १.३ बिलियन एक्टिभ मिलिटरी फोर्स रहेको छ । पाकिस्तानसँग जम्मा ६ लाख ३५ हजार एक्टिभ मिलिटरी फोर्स रहेको छ । भारतमा ४९० मिलियन युवाहरु आर्मी बन्न फिट रहेका छन् भने पाकिस्तानमा ७५.३ मिलियन युवाहरुमात्र आर्मीका लागि फिट रहेका छन् । 

 

हाल ४.२ मिलियन सैन्य जवानहरु भारतीय सुरक्षा सेवामा आवद्ध रहेका छन् । पाकिस्तानमा भने यो संख्या ९ लाख १९ हजार रहेको छ । 

 

भारतीय सेनासँग २१०१ एयरक्राप्ट रहेको छ । साथै ६७६ फाइटर जेट, ८०९ अट्यक एयरक्राप्ट, ८५७ ट्रान्सपोर्ट एयरक्राप्ट र ३२३ ट्रेनर्स रहेका छन् । पाकिस्तानसँग भने ९५१ वटा मिलिटरी एयरक्राप्ट, ३०१ फाइटर जेट, ३९४ अट्यक एयरक्राप्ट, २६१ ट्रान्सपोर्ट एयरक्राप्ट र १९० ट्रेनर्स रहेका छन् । 

 

भारतसँग ५२ वटा अट्याक हेलिकप्टर भने पाकिस्तानसँग १७ वटा रहेका छन् । साथै भारतसँग ६६६ वटा ब्याटलफिल्ड हेलिकप्टरहरु रहेका छन् । पाकिस्तानसँग भने जम्मा ३१६ वटा रहेका छन् । 

 

भारतीय सेनासँग ४४२६ वटा ट्यांक रहेका छन् । साथै २४ सयवटा टि–७२ ट्यांक, १६०० टि–९० ट्यांक र ३६० अर्जुन एमके.वन र एम.२ ट्यांकहरु रहेका छन् । पाकिस्तानसँग २९२४ वटा ट्यांक, खालिद, टि–८०युडी र आधुनिक भर्जनका १९७० दशकको–चाइनिज टाइप ५९ ट्यांक रहेको छ ।

 

भारतसँग ६७०४ वटा अत्याधुनिक फाइटिङ सवारी साधनहरु रहेका छन् । पाकिस्तानसँग ४ हजारको हाराहारीमा रहेका छन् । पाकिस्तानसँग ४६५ पटकभन्दा बढी प्रयोग भएको हतियार रहेको छ भने २९० पटक प्रयोग भएको हतियार रहेको छ । 

 

भारतीय सेनासँग २९५ नाभल एसेट रहेको छ । एउटा एयरक्राप्ट क्यारियर र १५ वटा सबमरिन रहेको छ । साथै ११ वटा विध्वंसक रहेको छ । पाकिस्तानसाग यस्ता खाले हतियार रहेको छैन । पाकिस्तानसँग ८ वटा सवमरिन रहेको छ । 

 

भारतीय सेनासँग २३ वटा करभेट वारसिप रहेको छ । पाकिस्तानसँग यो हतियार हालसम्म रहेको छैन ।

 

न्युक्लियर हतियारमा पनि भारतलाई पाकिस्तानले पछि पारेको बताइन्छ । मिडिया रिपोर्टका अनुसार १४० वटा न्युक्लियर हतियार पाकिस्तानसँग रहेका छन् भने ११० वटा भारतसँग रहेका छन् ।

 

न्युक्लियर हतियारका कारण यी दुई देशबीच कुनै पनि समय क्षेत्रिय न्युक्लियर युद्ध हुन सक्ने सुरक्षा विश्लेषकहरुको भनाइ रहेकोछ  । पछिल्लो तीन दशकमा यी दुई देशबीच बारम्बार युद्धको लल्कार भएको छ भने तीन पटकसम्म युद्ध भइसकेको छ । हालसम्म काश्मिरकै कारण लाखौ मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

 

पाकिस्तान कमजोर भएर पनि बलियो भएको सुरक्षा विश्लेषकहरुको भनाइ छ । चीनले पाकिस्तानलाई सहयोग गर्दै आइरहेका कारण पनि भारतले युद्ध आट्न नसकेको केही सुरक्षाविद्हरुको भनाइ छ ।

 

चीनको ठुलो लगानी पाकिस्तानमा रहेका कारण पनि भारतसँग चीनको खासै गतिलो सम्बन्ध नभएका कारण पाकिस्तानलाई आवश्यक हतियार चीनले दिनसक्ने र विस्तारै भारतलाई कमजोर पार्ने रणनीति भएको समेत विश्लेषकहरु बताउँछन् ।  

 

 

 

 

 

 


थप समाचार

पोचेटिन्होको छोराले अब टोटनहमबाट व्यवसायीक खेल खेल्ने

  • 59 seconds ago
पोचेटिन्होको छोराले अब टोटनहमबाट व्यवसायीक खेल खेल्ने

एजेन्सी । इंग्लिस क्लब टोटनहमका मुख्य प्रशिक्षक मौरित्सियो पोचेटिन्होको छोरा मौरित्जियो पोचेटिन्होले क्लबसँग पहिलो सम्झौता गरेका छन् । मौरित्जियोले पहिलो पटक व्यवसायी खेलाडीको रुपमा सम्झौता गरेका हुन्

जलमग्न राैतहट (तस्वीर)

  • 7 minutes ago
जलमग्न राैतहट (तस्वीर)

बाढीका कारण जलमग्न रौतहट ।

नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

  • 19 minutes ago
नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता

काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रा लि बीच सुचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।