काश्मिरमा गोली हानाहान

Education Park

श्रीनगर । प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ । 

 

भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले आतङ्ककारी घोषणा गरेको छ । सोही समूहका लडाकूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ । 

 

प्रहरी अधिकारीहरुले जानकारी दिएअनुसार प्रहरी र आतङ्ककारीसँग यस्तो गोली हानाहान भएको थियो । प्रान्तीय राजधानी श्रीनगरबाट ८० किलोमिटर टाढा रहेको कुपवाडा जिल्लाको गालोरा गाउँमा सो गोलीकाण्ड भएको हो । 

 

रातभर यस क्षेत्रमा प्रहरी र आतङ्ककारीबीच दोहोरो झडपमा भएको बताइएको छ । यसमा परी दुई जना आतङ्ककारी मारिएका भारतीय सेनाका प्रवक्ता राजेश कालियाले बताएका छन् । 

 

सो झडपमा परी भारतीय सेना र प्रहरीतर्फ भने कुनै क्षति नभएको अधिकारीहरुले जानकारी दिएका छन् । मारिएका दुई आतङ्ककारीको शवको लस्कार–ए–तोएबाका स्थानीय कार्यकर्ता भएको परिचय खुलेको छ । 

 

सन् १९८९ मा स्थापित उक्त संगठनका कारण काश्मिरमा त्यसयतादेखि हिंसा जारी रहेको छ । 


थप समाचार

एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

  • 7 hours ago
एनआरएन यूके अध्यक्षमा न्यौपानेको उम्मेदवारी घोषणा

शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । 

युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

  • 13 hours ago
युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव

काठमाडौँ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्र

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

  • 14 hours ago
बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

रुपन्देही । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिका



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।