IIMS College

ISMT

HUB Education

काष्ठमण्डप पुनः निर्माणका लागि कामपाले ५ लाख दियो

  • शुक्रबार, १० माघ, २०७६
  • 2 months ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माणका लागि थप रु पाँच करोड  प्रदान गरेको छ ।  यहाँ आज आयोजित कार्यक्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । 

 

काष्ठमण्डपलाई छिटो, मौलिकस्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य राजेश शाक्य नेतृत्वको समिति र कामपाबीच सहमति भएपछि गत वर्ष जेठ २९ गते काम थालनी गर्न कामपाले रु ५० लाख र त्यसै वर्ष असोज २७ गते थप रु पाँच करोड उपलब्ध गराइसकेको थियो । 

 

रकम हस्तान्तरण गर्दै कामपा प्रमुख शाक्यले गोरखा भूकम्पका कारण क्षति भएको र आफ्नो अधिकारक्षेत्र भित्रपर्ने सबै सम्पदाको पुनःनिर्माण आफ्नै कार्यकालमा सकिने जिकिर गर्नुभयो । ऐतिहासिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी कामपाको हो भन्दै प्रमुख शाक्यले ३२ वटै वडाका वडाध्यक्षलाई सम्पदाको निर्माणमा जुट्न निर्देशन दिए । 

 

सो अवसरमा सङ्घीय संसद् सदस्य कृष्णगोपाल श्रेष्ठले महानगरको नेतृत्वमा उदाहरणीय काम भएको टिप्पणी गरे । यसरी उपलब्ध गराइएको रकमबाट हालसम्म पुनःनिर्माणको करिब ५५ प्रतिशत काम समाप्त भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । काष्ठमण्डप पुनःनिर्माण कामपाको महत्वपूर्ण जिम्मेवारी भएको हुँदा महानगरकै नेतृत्वमा गठित निर्देशक समितिसँग नियमित छलफल र  अन्तक्र्रिया गरी प्राप्त रायसुझावका आधारमा पुनःनिर्माण समितिले काम गरिरहेको छ । पुनःनिर्माणको नियमित अनुगमन, सुपरीवेक्षण गर्ने र निर्माणको क्रममा तत्काल सुधार गर्नुपर्ने काम गर्न गराउन महानगरका प्रमुखको अध्यक्षतामा उपप्रमुख, सरोकार राख्ने वडाध्यक्षसहितको निर्देशक समितिको व्यवस्था गरिएको छ । 

 

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो ।  अघिल्लो कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन  काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार  थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ । 

 

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । 

 

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकाले कामपाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । चार वर्षभित्र निर्माण सक्ने गरी  काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।


थप समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

  • 24 minutes ago
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

  • 30 minutes ago
१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

महोत्तरी । जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरे

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 1 hour ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।