IIMS College

ISMT

HUB Education

काठमाडौँ महानगरपालिकाले नियम विपरीतका होर्डिङ बोर्ड हटाउने

  • बुधबार, १८ मंसिर, २०७६
  • 4 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नियम विपरीत शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउनका लागि चासो देखाएको छ । अदालतको आदेशानुसार कामपाले पछिल्लो समय यस कार्यमा सक्रियता देखाएको हो । विज्ञापन होर्डिङ बोर्ड, भित्तेलेखन, भित्तामा टाँसिएको पोस्टरलगायत सामग्री नहटाएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

 

कामपाका प्रवक्ता ईश्वर डङ्गोलका अनुसार हटाउनका लागि गत सोमबार सात दिनको समय सम्बन्धित व्यक्ति र संस्थालाई दिइएको छ । उक्त समयभित्र पनि नहटाए कामपाले नै हटाउने र कारवाहीसँगै हटाएको ज्यालासहित सम्बन्धित पक्षले दिनुपर्नेछ । अहिले पुलतीसडक, बागबजार, बानेश्वर, कोटेश्वर, चावहिल, कलङ्कीलगायत स्थानमा नियम विपरीतका विज्ञापन राख्ने कार्य भएको कामपाले जनाएको छ ।  

 

नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्ने नपाइने, झ्याल ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमा सम्म राख्न नपाइने कानूनी व्यवस्था रहेको छ । 

 

विसं २०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुतm इजलासले शहरका घर, पर्खाल, छत, बिजुलीको पोल र सडकका डिभाइडरमा रहेका पर्चा पम्प्लेट, भित्तेलेखन, अनधिकृतरूपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुनः प्रयोग गर्न नदिन आवश्यक निवारणात्मक व्यवस्था गर्न आदेश दिएको थियो ।

 

सर्वोच्चले आदेश दिएको चार वर्षसम्म पालना नभएको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलनामा कारवाही गर्न हालै रिट दायर गरेका थिए । 


थप समाचार

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 8 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 13 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 23 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।