IIMS College

ISMT

HUB Education

कामपाले शुरु गर्यो प्रचार सामग्री हटाउने कार्य

  • शनिबार, १२ पुष, २०७६
  • 3 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम शुक्रबारदेखि शुरु गरेको छ ।  

 

  शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए । उनले भने, “भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, ब्यानरलगायत शहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछौँ, शहरलाई सुन्दर बनाउन होर्डिङ बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ ।” 

 

  शहरी दृश्य प्रदूषण हटाउन परमादेशको माग गर्दै सर्वोच्च जानुभएका अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्नुहुन्छ, “महानगरको रेकर्ड भएका प्रचार सामग्रीलाई विधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामग्री हटाउनुपर्छ । 

 

कारवाही स्वरुप रु ५८ हजार जरिवाना

 

त्यसैगरी शुक्रबार मात्रै कामपाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ । जथाभावी होर्डिङ बोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई रु १० हजार र काठमाडौँ जब इम्प्लोइमेण्टलाई रु पाँच हजार जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए । सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि कामपाले क्रमशः रु पाँच–पाँच हजार जरिवाना तिराएको छ । शुक्रबार मात्रै विभिन्न व्यक्ति र संस्थाबाट कामपाले रु ५८ हजार जरिमाना असुलेको छ । 

 

भित्ते लेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर शहर सुन्दर बनाउने अभियानलाई कामपाले तीव्रता दिएको हो । 

 

बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा कामपा प्रमुख  विद्यासुन्दर शाक्यसहित बसेको बैठकले सरोकारवाला निकायका अधिकारीबीच शहरी सुन्दरता कायम गर्ने काममा सघाउ पुर्याउन सबै पक्षलाई आग्रह गरिएको थियो । 


थप समाचार

अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

  • 28 minutes ago
अभिनेत्री ऋचा शर्माको हट तस्बिरहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित अभिनेत्री हुन् ऋचा शर्मा । हालै विवाह बन्धनमा बाँधिएकी उनको जन्म सन् १९८५, १६ जुलाईमा धनगढीमा भएको हो ।

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 39 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

  • 42 minutes ago
कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।