IIMS College

ISMT

HUB Education

कामपाले यसरी बजेट संशोधन गर्‍यो

  • बुधबार, १ माघ, २०७६
  • 2 months ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट रु ८४ करोड २१ लाख बजेट संशोधन गरेको छ ।

 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न छैटौँ नगरसभाले भौतिक पूर्वाधार विकास कार्यक्रमतर्फ रु ४५ करोड ६० लाख , सम्पत्ति खरीदतर्फ रु २७ करोड, सामाजिक विकास कार्यक्रमतर्फ रु एक करोड ६७ लाखसहित छ शीर्षकको रकम संशोधन गरेको हो । संशोधित बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रमतर्फ रु आठ करोड ४४ लाख, शिक्षातर्फ रु ५० लाख र चालु खर्चतर्फ रु एक करोड संशोधन भएको छ । 

 

चालु आर्थिक वर्षको स्वीकृत बजेटका विभिन्न शीर्षकबाट खर्च हुन नसकेको रकम घटाएर तत्काल कार्यान्वयन गर्न जरुरी महत्वका कार्यक्रममा थपिएको हो ।

 

यसरी बजेट थप गरिएका कार्यक्रममा वडास्तरीय पूर्वाधार विकास, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगर विशेष पूर्वाधार कार्यक्रमलगायत छन् । त्यस्तै वडा नं २३ र ३० को कार्यालय भवनका लागि जग्गा तथा भवन खरीद, वडा नं १६ को भवन निर्माण, पार्किङ भवन निर्माण, ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना, विद्यालयमा कम्प्युटर ल्याब र विद्युतीय व्यवस्थापन प्रणाली स्थापनालगायत कार्यक्रम छन् । 

 

त्यस्तै कान्ति बाल अस्पतालमा रगतको कम्पोनेन्ट छुट्याउने उपकरण खरिद, गंगालाल अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा सञ्चालन, सामुदायिक स्वास्थ्य क्लिनिकको स्तरोन्नति लगायतका कार्यक्रम पनि शंशोधित बजेटमा परेको छ ।  सभामा लेखा समितिका संयोजक ध्रुव त्रिपाठी, बिधायन समितिका संयोजक नरेशमान महर्जन र शुशासन समितिक संयोजक हुमादेवी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कामपालाई सुशासनयुक्त बनाउन छरिएका कार्यालयहरुलाई एकै ठाउँमा बनाउनु पर्ने शुशासन समितिकी संयोजक आचार्यले बताए । 

 

समितिका संयोजकले देखाएको आवश्यकता र प्राप्त सुझाव कार्यान्वयनका विषयमा जवाफ दिँदै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले प्रतिवेदनका विषय अध्ययन गरेर कार्यान्वयनमा लैजान सकिने सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो । वडा नं ७ का अध्यक्ष शुद्धकुमार डङ्गोलले फुटपाथ व्यवस्थापनलाई समन्वयात्मक रुपमा नियमन गरिनुपर्ने बताए । 

 

वडा नं ३० का वडाध्यक्ष दलबहादुर कार्कीले वडा भवन निर्माणका लागि सबै एक मत भएर पनि काम नभएको प्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । उपप्रमुख हरिप्रभा खड्गीले सार्वजनिक शौचालय निर्माण सञ्चालन र व्यवस्थापनका लागि कार्यपालिकाको बैठकले आफूलाई जिम्मेवारी दिएको जानकारी गराउँदै सबै जनप्रतिनिधिलाई आफ्नो वडामा देखिएका आवश्यकता आफूलाई जानकारी गराउन र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन् ।


थप समाचार

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 17 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 35 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 1 hour ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।