संघर्ष

विमला आमाको पेटमा हुँदै बा स्वर्गे भए, आमा छोराछोरीलाई भन्दा काकालाई बढी माया गर्नुहुन्थ्यो’ विमला भन्छिन् छोराछोरीलाई मकै दिएर बाहिर पठाएको अनि बाबर हालेर काकालाई दिने गरेको घटना चाहेर पनि उनी विर्सिन सक्तिनन् ।

 

त्यसबेला विमलाको उमेर तीन वर्षको हुँदो हो ‘बा स्वर्गे भएको चार वर्ष छ महिना भित्रै काकाले हाम्रो जम्मै जग्गा लगे’ यसो भनिरहँदा विमलाको गहभरि आँसु थियो । महान् आत्मा भएका केशव र रानुमाया नभएको भए के हुन्थ्योहोला रु “विषवृक्षमा फलेको अमृत’’ भन्दै आफ्नै सन्तानलाई झैं माया दिएर उनीहरूले हुर्काए । सारा भैंसेपाटीका मान्छेहरूले केशव दम्पतिलाई आदर्श व्यक्तिको रूपमा सम्मान  गर्नेगरेको पाइन्छ ।

 

आँखाको आँसु पुछतै विमला भन्छिन्,‘दाई गोविन्दको बिहे भयो, भाउजू धनीकी छोरी परिछन् । मेरा बा र आमाको नाम लिएर सधैं टोकस्थिइन् । काकाको दमनबाट थिलथिलो भएको दिमागले भाउजूको टोकसो सहन नसकेर दाजुले आत्महत्या गर्नुभयो !’

 

मैले सोधे,‘यस्तो कहालीलाग्दो परिस्थितिमा एक्लै यो संसारमा तपाईँ कसरी बाँच्नु भो रु’’ ‘‘संघर्षले मेरो जीवन इस्पात बनेको छ । फेरि म एक्लै कहाँ छु र रु भैंसेपाटीका बा,आमा,दाजुभाई र दिदीबहिनीहरू सबै मेरो साथमा हुनुहुन्छ । यहाँको विकासमा हामी सबै समर्पित छौं’’ विमलाको संघर्ष र सफलताको कथा सुन्दासुन्दै खुसीले मेरो आँखाबाट अनायास आँसु झरेछ । म लज्जित भएँ ।

 

     अहिले म कोटेश्वर महादेवथान अगाडिको चौरमा माला हातमा लिएर सयौं मान्छेको साथमा खडा  छु । 

 

नारा घन्किरहेछः

जनताकी छोरी विमला जिन्दावाद !!  ।।। जिन्दावाद जिन्दावाद !!

मन्त्री विमलालाई बधाई छ !! ।।। बधाई छ बधाई छ !!

रानुमाया र केशव अमर रहून् ।।। अमर रहून् ! अमर रहून् 

 


थप समाचार

बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

  • 2 minutes ago
बैतडीमा अण्डर–१९ क्रिकेट प्रतियोगिता हुने

बैतडी । दशरथचन्द नगरपालिकामा अगामी जेठ तेस्रो साताबाट अण्डर–१९ मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । जेठ १५ बाट उक्त प्रतियोगिता शुरु गरिने भएको हो ।

बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

  • 6 minutes ago
बलिउड अभिनेता सन्नी देवल भाजपामा प्रवेश

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सन्नी देवल पनि राजनीतिमा होमिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग भएको भेटपछि उनी चुनावमा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

  • 6 minutes ago
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं । काठमाडौँ प्रहरी परिसर, टेकुले ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाललाई पक्राउ गरेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।