पिठ्ठुवाल बनेका सुसान्तको ‘केदारनाथ’को नयाँ गीत ‘क्वाफिराना’
- सरद
- बुधबार, ५ मंसिर, २०७५
- 2 months ago
- कला र मनोरञ्जन

काठमाडौं । अभिनेता सुसान्तसिंह राजपुतको आगामी फिल्म ‘केदारनाथ’को नयाँ गीत सार्वजनिक भएको छ । अमित त्रिदेविको संगीत तथा अमिताभ भट्टचार्याको शब्दमा ‘क्वाफिराना’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई आर्जित सिंह र निखिता गान्धीले स्वरबद्ध गरेका छन् ।
सारा अलि खानकी डेब्यु फिल्म रहेको ‘केदारनाथ’ फिल्ममा मुख्य भुमिकामा देखिदै गरेका अभिनेता सुसान्तसिंहले एक पिठ्ठु (केदारनाथ यात्राको दौरानमा शारीरिक रुपमा असक्त र कमजोर यात्रीलाई बोक्ने मान्छे) को भुमिकामा देखिदै छन् । फिल्मको यस भुमिकाको लागि अभिनेता सुसान्तले धेरै मेहेनत गरेका छन् । साथै यस रोलको लागि उनले ट्रेनिङसमेत लिएका थिए ।
डीएनएको एक रिपोर्ट अनुसार अभिनेता सुसान्तले यस भुमिकाको लागि केदारनाथ इलाकाका पिठ्ठुवालाहरुसँग ट्रेनिङ लिएका थिए । यस फिल्मको सुटिङको दौरानमा पनि पिठ्ठुवालाहरुको एक टोलीले सुसान्तलाई गाइड गरिरहेका थिए । फिल्मका यी सबै दृश्यहरुलाई रियल लोकेशनमा सुट गरिएको पनि जानकारी गराइएको छ ।
यस दृश्यलाई वास्तविकता देखाउनका लागि सुसान्तले कयौं पटक टेक दिएका थिए । अहिलेसम्म यो फिल्मको दुई वटा गीत रिलिज भइसकेको छ । फिल्मको सार्वजनिक पहिलो गीतमा सुसान्तले एक पिठ्ठुको काम गरिरहेका दृश्यलाई देखाइएको थियो, भने दोस्रो गीत ‘क्वाफिराना’मा अभिनेत्री सारा र सुसान्तको केही लभ सिनलाई देखाइएको छ ।
थप समाचार
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी
- 21 minutes ago

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक
- 1 hour ago

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की
- 1 hour ago

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।
विचित्र विश्व
यसरी कृष्ण सोह्र हजार पत्नीका पति हुन पुगे

एजेन्सी । कृष्णको गोपिकाहरुसँगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ ।