IIMS College

ISMT

HUB Education

केडिया अपहरणकाे मुख्य याेजनाकारलाई प्रहरीले गर्‍याे सार्वजनिक

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पर्सा । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

 

वि.सं. २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । 

 

केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । 

 

उनले सिमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारवाही गर्दा पाशवन र महतो फेला परेको बताए । 

 

पक्राउ परेका पाशवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारवाहीका लागि दुबै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सञ्चारकर्मीलाई जानकारी दिए । 

 

प्रहरी नियन्त्रणमा रहेका पाशवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।


थप समाचार

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 29 minutes ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

प्रियंका चोपडाद्वारा १ लाख डलर सहयोगको घोषणा

  • 39 minutes ago
प्रियंका चोपडाद्वारा १ लाख डलर सहयोगको घोषणा

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरसविरुद्ध लड्नको लागि एक लाख डलर सहयोग गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै कोराना भाइरस संक्रमणविरुद्ध लड्नका निम्ति

कोरोनाले देश ठप्पः इँटाभट्टामा महिलाका काम धमाधम

  • 53 minutes ago
कोरोनाले देश ठप्पः  इँटाभट्टामा महिलाका काम धमाधम

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।