केरुङ नाकाको कन्तविजोग, स्थानीय र व्यापारी मारमा

  • मंगलबार, १२ भदौ, २०७५
  • 2 months ago
  • अर्थ

रसुवा । अन्तर्राराष्ट्रिय मान्यताप्राप्त केरुङ नाका अर्थात् रसुवागढी नाकादेखि काठमाडौंसम्मको सडकखण्डमा देखिएको दृश्य दर्दनाक छ । कतै पहिरोका कारण सडक थुनिएको छ त कतै सडक नै भासिएको छ । बनेका पुल पनि भाँचिएको छ, कतै भासिएको छ ।

 

एक सय ५२ किलोमिटर लामो सडक खण्डको यो अवस्थाका कारण रसुवावासीको दैनिकी कष्टप्रद भएको छ । सँगै केरुङ नाकाहुँदै व्यापार÷व्यवसाय गर्दै आएकाहरुको पनि विजोग भएको छ । २०७२ सालको भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि सञ्चालनमा आएको रसुवागढी नाका पनि यो हालतमा पुगेपछि नेपाल–चीनबीचको आयात–निर्यात पूर्णतः ठप्प छ । जसकारण राज्यलाई दैनिक करोडौं रुपैयाँ राजश्व घाटा भइरहेको छ ।

 

नेपाल–चीन व्यापारका लागि सञ्चालित एकमात्र व्यापारिक नाका करिब एक महिनादेखि ठप्प हुँदा पनि सरकारले सडकको अवरोध हटाउन उल्लेख्य पहल गरेको छैन । साउन ११ गतेको बाढीका कारण रसुवागढी नाका नजिकैको घट्टेखोला पुल भासियो । पुल भासिएसँगै रसुवागढी–काठमाडौं सडकखण्ड अवरुद्ध भयो । सडक अवरुद्ध हुँदा टिमुरेलगायतका आपपासका नागरिकको दैनिकी प्रभावित भयो । सँगै रसुवागढी नाकाहुँदा व्यापार÷व्यावसाय गर्नेहरु मारमा परेका छन् । पुल भासिएपछि सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेकेदार कम्पनीलाई जिम्मा दियो । तर ठेकेदार कम्पनीले लापरबाहीका कारण पुल मर्मतको काम अतिढिला भइरहेको स्थानीयको आरोप छ ।

 

पुल मर्मतमा ढिलाई भएका कारण आफूहरु समस्यामा परेको भन्दै रसुवागढी नाका हुँदै व्यापार गरिरहेका व्यापारी स्थालगत निरीक्षणका लागि आइतबार घट्टेखोला पुगेका थिए ।  घट्टेखोला पुल मात्रै होइन, रसुवागढी–काठमाडौं सडकखण्डको खोप्लाङ, टिमुरेलगायत थुप्रै स्थानमा पहिरो खसेको छ । कडा चट्टान चिरेर बनाईएको सडक नै खसेपछि र सडकमा भीमकाय पहिरो खसेपछि तत्काल मर्मत गर्न कठिन देखिएको छ । पहिरोका कारण तीज, दसैंललगायत पर्वहरुलाई लक्षित गर्दै चीनबाट आयात गरिएका हज्जारौं कन्टेनरहरु चीनतिर नै अलपत्र परेका छन् ।

 

ऋण गरेर चीनबाट लोड गरिएका सामान अलपत्र पर्दा आफूहरु निकै मारमा परेको उनीहरुको गुनासो छ । व्यापारीहरुको संगठनः एकता व्यापार संघ नेपालले रसुवागढी–काठमाडौं सडकखण्डको अवलोकनपछि, यो निष्कर्ष निकालेको छ कि, राज्यस्तरबाट सक्दो लागिपर्ने हो भने अबको केही सातामै यो बाटो खुल्नेछ । र, उनीहरुले सम्बन्धित सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउने जनाएका छन् ।

 

केरुङ नाकाहुँदै व्यापार गर्नेहरुले सडक छिटो सञ्चालन गर्न सकिने उपायहरु समेत सुझाएका  छन् । व्यापारीहरुले रसुवाको जिल्ला प्रशासन कार्यालयललाई पनि छिटै सडक मर्मत गरेर नाका खोलिदिन आग्रह गरेका छन् । एकता व्यापार संघले ज्ञापनपत्र बुझाउँदै सडक मर्मत गरिदिन आग्रह गरेका हुन् ।

 

काठमाडौंदेखि १ सय ५२ किलोमिटर सडकमध्ये रसुवा सदरमुकाम धुन्चेदेखि रसुवागढीसम्मको ३३ किलोमिटर सडकखण्डको अवस्था जर्जर छ । रसुवाको राम्चेमा पनि निरन्तर पहरो गइरहेको छ । त्यस्तै बाढीका कारण नुवाकोटको गाङ्ग्रे खोला पुल पनि भत्किएको छ । जसकारण तत्काल रसुवागढी–काठमाडौं सडकखण्ड तत्काल सञ्चालनमा आउँने छाँट देखिदैन यद्यपि, सम्पूर्ण सरकारी निकायले आपसमा समन्वय गरी सडक सञ्चालनको प्रयास गर्ने हो भने एक साताभित्र यो सडक सञ्चालनमा आउनसक्ने व्यापारी÷व्यवसायीको बुझाइ छ । र, अब छिटै सडक मर्मतपछि नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 6 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 7 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 7 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।