Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबरिष्ठ गायिका देविका बन्दनाको ‘बुद्ध सादर वन्दना’ सार्वजनिक

बरिष्ठ गायिका देविका बन्दनाको ‘बुद्ध सादर वन्दना’ सार्वजनिक


काठमाडौँ। गायिका देविका बन्दनाले केही दिनअघि सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ कम समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ।

गायिका देविका बन्दनाको स्वरको यो गीतका शब्दहरु डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले संयुक्त रुपमा रचना गरेका हुन्। यसमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ।

राजन ईशान यो गीतका संगीत संयोजक हुन्। गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन्। लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ। यसका छायाँकार रामकुमार केसी हुन् भने प्रबिण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्। कोरियोग्राफर सन्तोष राजबाहक हुन्।

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने यो म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य वौद्ध भिक्षुहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा नेपाली समाजमा विभिन्न तवरबाट योगदान गर्ने आठ जना महिलाहरू सिएनएन हिरो अनुराधा कोईराला, कलाकार बसुन्धरा भुषाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT