खच्चड मालिक बने गाडी मालिक !

जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । 

 

सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरे । 

उनकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किने । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उनी बताउछन्। 

 

जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद गरेर ढुवानी व्यवसाय शुरु गरेका छन् । “खच्चडले सामान ढुवानी गर्ने सबै ठाउँमा सडक पुगिसकेपछि गाडी किनेका हौँ”, व्यवसायी रोका भन्छन्, “गाडी नै गुड्ने भएपछि खच्चडको काम भएन ।” 

 

सडक पुग्नुअघि उनीहरूले खच्चडमा सामान लादेर डोल्पा पठाउने गर्थे । अहिले त्यो काम उनीहरूका सवारी साधनले गरिरहेका छन् । रु ३२ लाखमा १५ खच्चड बिक्री गरी त्यसमा थप लगानी गरेर जिप र ट्र्याक्टर खरिद गरिएको उहाँको भनाइ छ  । 

 

खच्चडको ठाउँमा गाडी गुड्ने भएपछि खच्चड बिक्री गरेर गाडी खरिद गरिएको अन्य यातायात व्यवसायीहरू पनि बताउँछन् 

 

जिल्लामा परम्परागत ढुवानीका साधन खच्चडको प्रयोग शून्य बन्दै गएको छ । एक दशकअघिसम्म जिल्लाका सबै ठाउँमा खच्चडमार्फत नै मालसामान ढुवानी हुन्थ्योे । उक्त नगरपालिकामा पालिएका खच्चडले अहिले डोल्पातिर सामान ढुवानी गर्ने गरेका छन् । डोल्पा सदरमुकामदेखि गाउँगाउँमा मालसामान ढुवानी गर्न अझै खच्चडकै भर पर्नुपर्ने बाध्यता छ । अहिले जाजरकोट डोल्पा सडकखण्डको खदाङसम्म यातायातका साधन सञ्चालन हुन्छ । 


थप समाचार

किबी खेती विस्तार हुँदै

  • 3 minutes ago
किबी खेती विस्तार हुँदै

पर्वत । थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् ।

प्रशिक्षक र खेलाडीलाई पदक

  • 5 minutes ago
प्रशिक्षक र खेलाडीलाई पदक

काठमाडौँ । सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ ।

खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा

  • 6 minutes ago
खेलकूदले देशलाई चिनाएको छः मन्त्री विश्वकर्मा

कास्की । सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको