लण्डनमा खगेन्द्र संग्रौलासंग अन्तरक्रिया हुँदै

  • बिहीबार, २४ साउन, २०७५
  • 10 months ago
  • युके
Education Park

लण्डन ।   यहि अगस्ट ११ तारिख शनिबार साहित्यकार, राजनीतिक चिन्तक तथा बिश्लेषक खगेन्द्र संग्रौलासंग लण्डनमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

 

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निम्तामा बेलायत आएका संग्रौलासंग अन्तरक्रिया गर्न लागिएको कार्यक्रमको आयोजक पाँचथर समाज यूकेले जनाएको छ ।

 

अन्तरक्रियाको विषय “नेपालको वर्तमान राजनीतिमा प्रवासी नेपाली नागरिक–समाजको भूमिका” रहेको छ ।

 

शनिबार साँझ पश्चिम लण्डनको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुराँमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि संग्रौलाका साथ गायक ब्रबिम शेर्मा पनि कार्यक्रमका अर्का आकर्षण हुने भएका छन् । संग्रौला र शेर्मा दुबै पाँचथरे मुलका हुन् ।

 

पूर्वेली लोक भाका र लिम्बु गायनमा ख्याति कमाएका शेर्माले बाह्र वटा एलबमहरु सार्वजनिक गरिसकेका छन् । गायक शेर्मा किराँत याक्थुङ चुम्लुङ यूकेको निमन्त्रणामा गत महिना बेलायत आएका हुन् । 

 

आयोजक पांचथर समाज यूकेका अध्यक्ष चन्द्र सुन्दासले संग्रौला पाँचथरे भएको नाताले शुरुमा सामान्य भेटघाट मात्रै गर्ने योजना बनाइएको  तर उनको बेलायत बसाई ज्यादै छोटो रहेका कारण अन्य संघसंस्थाहरुले कार्यक्रम गर्न समय मिलाउन कठिन हुने भएकोले अन्तरक्रिया नै गर्न लागिएको बताए ।

 

अध्यक्ष सुन्दासले बेलायतवासी सबैलाई उक्त कार्यक्रममा उपस्थित भइदिन अनुरोध गरेका छन् । संग्रौला अगस्ट १८ मा नेपाल फर्किने योजना छ ।

 

 

- शान्ति लिम्बु

 


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 4 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 4 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 4 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।