जनजाति दिवसको विशेष अतिथीका रुपमा बेलायत आउंदै खगेन्द्र संग्रौला

  • बुधबार, १६ साउन, २०७५
  • 5 months ago
  • युके

लण्डन । नेपालका एकजना चर्चित लेखक तथा विश्लेषक खगेन्द्र संगौला बेलायत आउने भएका छन् । 

 

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निमन्त्रणामा संग्रौला यहि विहिबार बेलायत आउने भएका हुन् । 

 

२४ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा महासंघले आउंदो आइतबार गर्ने एक कार्यक्रममा उनी विशेष अतिथीका रुपमा बेलायत आउन लागेको जानकारी महासंघका महासचिव खुशी लिम्बूले दिए । 

 

अल्डरसटको द प्यालेसमा आयोजना हुने 'अधिकार प्रतिनिधीत्व र स्वशासनको लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताको लागि संविधान संशोधन हाम्रो साझा अभियान' विषयक अन्तरक्रियात्मक कार्यक्रममा संग्रौला सहितका अरु केहि वक्ताहरुले बोल्ने कार्यक्रम छ । 

 

कार्यक्रममा प्रमुख अतिथीका रुपमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी पनि सहभागी हुनेछन् । 

 

लेखक संग्रौला २ साता बेलायतमा रहने कार्यक्रम छ । यस क्रममा उनले पांचथर सेवा समाज यूकेसहित बेलायतस्थित विभिन्न भूपू गोर्खाका संस्थाले गर्ने कार्यक्रमहरुमा पनि भाग लिने बताइएको छ । 

 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 8 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।