IIMS College

ISMT

HUB Education

‘पत्रकार खाशोगीको शव अझै भेटिएन’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

इस्तावबुल । हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताएका छन् ।

 

विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उहाँको शव अहिले सम्म नभेटिएको जानकारी दिएका छन् ।

 

साउदी अरबका मुख्य अभियोजनकर्ता शेख साउद अल माजेबले इस्तानबुलमा टर्कीका मुख्य अभियोजनकर्ता इर्फान फिडानलाई भेटेको पनि उहाँले बताए । 

 

पत्रकार खशोग्गीको हत्याबारे दुई जनाको भेटवार्ताका क्रममा भएका सूचना आदान प्रदान उपलब्धीमुलक भएको उनको भनाई छ ।

 

उनीहरुबीच एक घण्टा १५ मिनेट छलफल भएको समाचारमा जनाइएको छ । आगामी दिनमा अनुसन्धानलाई कसरी अगाडी बढाउने भन्ने बारेमा पनि उनीहरुले छलफल गरेकाे बताइएको छ । 

 

पत्रकार खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि भने साउदी अरबमा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले यसअघि नै बताए । 

 

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो । 

 

साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूतावासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन । 


थप समाचार

घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

  • 12 seconds ago
घरपेटीले बिजुलीको पैसा बढी लिए कारबाही

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीले बिजुलीको पैसा बढी लिए कारबाही गर्ने बताएका छन् । आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा घिसिङले प्राधिकारणमा आइतबार

माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

  • 4 minutes ago
माउ पार्टी जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग

रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँद एकको मृत्यु

  • 5 minutes ago
रुपन्देहीमा अज्ञात समूहले गोली चलाउँद एकको मृत्यु

काठमाडौँ । रुपन्देहीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका– ३ मा अज्ञात समूहले आइतबार दिउँसो गोली चलाउँदा ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको छ । लु



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।