Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए

पाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए


एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको मिति घोषणा भएको छ । राष्ट्रपति डा आरिफ अल्वीले एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेका हुन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले आम निर्वाचनको मितिबारे सल्लाह दिँदै निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

रिपोर्टका अनुसार राष्ट्रपति अल्वीले पाकिस्तानको निर्वाचन आयोगलाई नोभेम्बर ६ मा आम चुनाव गराउने मिति प्रस्ताव गरेका छन्।

पाकिस्तानको निर्वाचन आयोग राष्ट्रपति डा आरिफ अल्वीको पत्रमा दिएको सल्लाह पालना गर्न बाध्य नभएको बताइएको छ ।

गत अगस्टमा राष्ट्रिय सभा विघटन भएको थियो । संसद विघटन भएको ९० दिनभित्र आम निर्वाचन हुनुपर्नेछ । पाकिस्तानी राष्ट्रपतिले राष्ट्रिय सभा विघटन भएको ९० दिनभित्र देशमा निर्वाचन गरिनुपर्ने बताएका छन् । हाल कुनै समयसीमा घोषणा गरिएको छैन तर यसअघि जनवरीमा निर्वाचन हुने अपेक्षा गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT