व्यापारीको खल्तीमा नेपालको खानी: कुन खानी कसको खल्तीमा

  • मंगलबार, १२ भदौ, २०७५
  • 3 weeks ago
  • अर्थ

काठमाडौं । नेपालमा प्रशस्त खनिज पदार्थको खानी भएको प्रमाणित भइसकेको छ । ती खानी उत्खनन्का लागि विभिन्न व्यक्ति तथा कम्पनीहरुले अनुमति लिएका छन् । तर, अनुमति पाएकाहरुले खल्तीमा अनुमतिपत्र बोकेर बसेका छन्, खानिज उत्खनन् गरेका छैनन् । तथ्यमा हेरौं, कुन खानी कसको कब्जामा छ ?

 

प्रदेश नम्बर १:

 

चुनढुंगा: मारुती सिमेन्ट लिमिटेड, उदयपुर मिनरल टिच् प्रा.लि., सौर्य सिमेन्ट लिमिटेड, निगाले सिमेन्ट प्रा.लि., कोसमोस् सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. मारुती सिमेन्ट लिमिटेड, चेन्हुइ मिनरल इनर्जी कम्पनी प्रा.लि., विशाल मिनरल एण्ड माइन्स् प्रा.लि., के.के. लाइम्स एण्ड सिमेन्ट इण्डष्टिज् प्रा.लि., सेङ्बो मिनरल प्रालि, दन्तकाली सिमेन्ट प्रा.लि., एभरेष्ट क्वारिज् प्रा.लि., दोङ सान मिनरल प्रा.लि., शरद गोल्छा, तारा पौडेल, कृष्णलाल दुगड, कुमुद कुमार दुगड, भरत गोल्छा, चन्द्रकुमार गोल्छा, ज्ञानेन्द्र प्रसाद प्रधान, नरेश दुगड, सिमा ओझा, लगाएत

 

अक्वामारिन: माछापुच्छ्रे जेम्स स्टोन एण्ड मिनरल प्रा.लि, सभापोखरी जेम्स स्टोन एण्ड मिनरल रिसर्च प्रा.लि. हरिप्रसाद तिम्सिना, सन्तोष मडेन,

ग्रेनाइट: सकिला दाहाल, 

अभ्रक: कुलचन्द्र भुसाल,

टुर्मालिन: सभापोखरी जेम्स स्टोन एण्ड मिनरल प्रा.लि.,  जगदीश चुडाल

डोलोमाइट: तारा पौडेल, 

क्वार्ज: गुनुहाङ माइन्स एण्ड मिनरल प्रा.लि., सन्तोष मडेन, जगदीश चुडाल

खरिढुंगा: अशोक कुमार अग्रवाल, महेश कुमार अग्रवाल,

तामा: दोङ सान मिनरल प्रा.लि.

पोलिमेटल: चेन्हुइ मिनरल इनर्जी कम्पनी प्रा.लि.

क्याल्साइट: तारा पौडेल

रातोमाटो: उदयपुर सिमेन्ट उद्योग लिमिटेड,

 

प्रदेश नम्बर २: 

प्रदेश नम्बर २ मा पछिल्लो आर्थिक बर्षमा खानीबारे अध्ययन र अन्वेषण हुने क्रममा छ । 

 

प्रदेश नम्बर ३

सुन ः ह्वा जिया सेन युआन माइनिङ कम्पनी प्रा.लि.,

चुनढुंगा ः हेटौँडा सिमेन्ट उद्योग लिमिटेड, युनाइटेड सिमेन्ट प्रा.लि., अन्नपुर्ण क्वारिज् प्रा.लि., लक्ष्मी माइनिङ प्रा.लि., शिवम् सिमेन्ट लिमिटेड, अजयराज सुमार्गी, सेन्चुरी सिमेन्ट प्रा.लि., ताराचेन्द केडिया, नेपाल शालीमार सिमेन्ट प्रा.लि., स्मार्ट लाईम् इन्डष्ट्रिज प्रा.लि., नवदुर्गा चुनढुंगा इण्डष्ट्रिज प्रा.लि., मारुती सिमेन्ट प्रा.लि., भारदेउ सिमेन्ट एण्ड स्टोन इण्डष्ट्रिज प्रा.लि., तादी सिमेन्ट एण्ड लाइम इण्डष्ट्रिज प्रा.लि., कमलादेबी खनिज उद्योग प्रा.लि.,

डोलोमाइट ः हिमालय माइन्स् एण्ड मिनरल, लोकश तोडी, एभरेष्ट माइक्रोन प्रा.लि.

क्वार्जजाइट ः जागृति इण्डष्ट्रिज प्रा.लि., एलएस् सिलिका स्याण्ड एण्ड मिनरल इण्डष्ट्रिज प्रा.लि., डि एस इण्डष्ट्रि प्रा.लि., नारायण प्रसाद घिमिरे, कृष्णबहादुर लामा, बालकृष्ण महर्जन , रामबहादुर लामा , शम्भु बुढाथोकी, धर्मबहादुर श्रेष्ठ,

सिसा ः नेपाल मेटल कम्पनी लिमिटेड,

जिंक ः नेपाल मेटल कम्पनी लिमिटेड

क्याल्साइट ः हेटौँडा लाइम इण्डष्ट्रिज प्रा.लि., लोकेश तोडी

मार्वल ः बाबा माइन्स् एण्ड मिनरल्स प्रा.लि., शिवम् सिमेन्ट लिमिटेड, 

ग्रेनाईट ः आशिर्वाद माइनिङ एण्ड प्रोडक्सन प्रा.लि., विकास दुगड, 

स्ल्याब स्टोन ः लड्केश्वर ढुंगा उद्योग प्रा.लि.,

खरिढुंगा ः दिग्विजय प्रोडक्डस् प्रा.लि., टेन माइक्रोन्स प्रा.लि., गौरिशंकर खानिज उद्योग प्रा.लि.,

फलाम ः एन एण्ड सि मिनरल प्रा.लि., 

म्याग्नेसाइट ः नेपाल ओरिण्ड म्याग्नेसाइट प्रा.लि., 

 

प्रदेश नम्बर ४:

 

चुनढुंगा ः पशुपति क्वारी प्रा.लि., पशुपति मुरारका, बाराही क्वारिज प्रा.लि., माछापुच्छे्र जम्स स्टोन एण्ड मिनरल प्रा.लि., एजी लाइम एण्ड मिनरलस् इण्डष्ट्रिज प्रा.लि., बाराही क्वारिज प्रा.लि., लगायत

खरिढुंगा ः एएसडिसी प्रा.लि., डष्ट नेपाल प्रा.लि., हिमालय माइन्स एण्ड मिनरल्स प्रा.लि.

तामा ः दोङ सान मिनरल प्रा.लि., राकेशराज शर्मा ढुंगेल, 

डोलोमाइट ः जगबहादुर बिक,

क्वार्जजाइट ः हिमालयन मिनरजस् एण्ड एलिड इण्डष्ट्रि प्रा.लि., जीतबहादुर गुरुङ सेति दराइ ढुंगा उद्योग प्रा.लि., देश निर्माण खानी उद्योग प्रा.लि.

फलाम ः शक्ति मिनरल प्रा.लि., बसन्त गुरुङ, शान्तिकुमारी थापा,

क्वार्ज ः वल्र्डवाइड माइन्स डिलर्स प्रा.लि.

फेल्डस्पार ः मादीप्रसाद भुसाल

टुर्मालिन ः कविरसिंह गुरुङ

रातोमाटो ः पशुपति माइनिङ् कम्पनी प्रा.लि., 

स्ल्याब स्टोन ः धौलागिरी एसटिएम ढुंगा उद्योग एण्ड इन्भेष्टमेन्ट

 

प्रदेश नम्बर ५:

कोइला ः कञ्चन कोल कम्पनी प्रा.लि., मनकामना कोल इण्डष्ट्रिज प्रा.लि., राप्ती खान्जी कम्पनी प्रा.लि., ऋषि खान्जी उद्योग प्रा.लि., महालक्ष्मी कोल प्रा.लि., माँ महाकाली खान्जी उद्योग प्रा.लि., शुभम् खान्जी उद्योग प्रालि, महालक्ष्मी कोल प्रा.लि., पाल्पा कोल प्रा.लि., सत्यसाई कोल उद्योग प्रा.लि., मध्यपश्चिमाञ्चल खानी तथा खान्जी प्रा.लि.

फलाम ः शंकरलाल अग्रवाल, शाहिल अग्रवाल, 

चुनढुंगा ः सिजि सिमेन्ट इन्टरप्राइजेज पाल्पा प्रा.लि., जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.लि., शुभश्री अग्नी सिमेन्ट उद्योग प्रा.लि., गणपति क्वारेज प्रा.लि., सत्यसाई कोल उद्योग प्रा.लि., होङ्गसी शिवम् सिमेन्ट प्रा.लि., सिद्धार्थ मिनरल प्रा.लि., सर्बोत्तम सिमेन्ट प्रा.लि., विश्वकर्मा माइन्स एण्ड मिनरल प्रा.लि., तिरुपति माइन्स प्रा.लि., सोनापर मिनरल्स् एण्ड ओइल्स् प्रा.लि., नारायणी सिमेन्ट उद्योग प्रा.लि., मकालु सिमेन्ट इण्डष्ट्रिज् प्रा.लि.लगाएत

सुन ः धर्मश्री माइनिङ प्रा.लि., छितिज भण्डारी, दा यू माइनिङ कम्पनी, 

डोलोमाईट ः अखण्ड प्रसाद बैजु, महेश कुमार अग्रवाल, अनुप गीरी , निलकण्ठ गिरी

सिसा ः टुकामन महरा

रातोमाटो ः सोनापर मिनरल्स् एण्ड ओइल्स् प्रा.लि. 

क्वार्जजाईट ः हिमालयन माइल्स एण्ड मिनरल्स प्रा.लि.

पोलिमेटल ः माछापुच्छ्रे जम्स स्टोन एण्ड मिनरल्स प्रा.लि.

सिलिका स्याण्ड ः भक्तबहादुर अधिकारी

 

प्रदेश नम्बर ६:

चुनढुंगा ः विश्वकर्मा सिमेन्ट प्रा.लि., विद्यादेवी अग्रवाल, शिवस्वरुप खान्जी उद्योग प्रा.लि.

काइनाइट ः नेटिभ माइन्स प्रा.लि., विपिन एण्ड अभि खाज्नी उद्योग प्रा.लि., हरिचन्द्र चलाउने, गोपाल प्रसाद पाण्डे, जनक बहादुर शाही, डबलसिंह माझि, लगाएत

टुर्मालिन ः मुनलाईट जम्स प्रा.लि., गंगामाला मिनरल प्रा.लि., दिपकबहादुर बस्नेत, रामथली मिनरल इण्डष्ट्रिज प्रा.लि., गंगामाला मिनरल प्रा.लि., गोपालप्रसाद पाण्डे, विपिन एण्ड अभि खान्जी उद्योग प्रा.लि., रोज मिनरल्स प्रा.लि., मालिका मिनरल्स इण्डष्ट्रिज प्रा.लि.

सुन ः हे हे जिङ माइनिङ कम्पनी प्रा.लि., एम एस लुलु माइन्स एण्ड मिनरल्स प्रा.लि.

फलाम ः कैलाश ध्वज खाँड, टिकाराम चौधरी

तामा ः गंगा माइन्स प्रा.लि.

क्याल्साइट ः साइ जम्स माइन्स एण्ड मिनरल्स प्रा.लि.

क्वार्ज ः हाइ ल्याण्डर फाउन्डेसन कम्पनी प्रा.लि., 

 

प्रदेश नम्बर ७ मा खोजतलास जारी खानी: १८

काइनाइट ः इन्द्र जम्स प्रा.लि., नारायणबहादुर माझि, 

सिसा ः टोरेक्स माइन्स नेपाल प्रा.लि., ब्ल्याकहेड माइन्स नेपाल प्रा.लि.

क्वार्ज ः सेती माइन्स एण्ड हर्वल प्रा.लि., दिलिपसिंह धामी, ज्ञानप्रसाद पुन, 

डोलोमाइट ः सुदुरपश्चिमाञ्चल खरिढुंगा उद्योग, 

खरिढुंगा ः जितेन्द्र बहादुर कार्की , भागेश्वर मिनरल प्रा.लि., सेती महाकाली मिनरल प्रा.लि., मालिका अर्जुन शोपस्टोन प्रा.लि., लाटिनाथ सोप स्टोन प्रा.लि., गोल्छा सार्प स्टोन प्रा.लि., जिओमिनरल रिजर्भ प्रा.लि., लाटीनाथ शोप स्टोन प्रा.लि. काली मिनरल इन्टरनेशनल प्रा.लि., जिओमिनरल रिजर्भ प्रा.लि.

चुनढुंगा ः मकालु माइन्स एण्ड मिनरल्स, अपि सिमेन्ट प्रा.लि., विएम् मिनरल्स इन्टरनेशनल प्रा.लि., आइएमइ ग्रुप प्रा.लि., सुनिता घोषाली

फलाम ः मालिका अर्जुन सोप स्टोन प्रा.लि.

तामा ः ग्लोबल मिनरल्स् प्रा.लि.

 

 

खनिज उत्खनन्को प्रक्रिया, कानूनी जटिलता र प्रयास 

 

नेपाल–भूगोलभित्र प्रशस्त मात्रामा बहुमूल्य खनिज पदार्थको भण्डारण रहेको विभिन्न अध्ययनले प्रमाणित गरिसकेको छ । प्राकृतिक तथा भौगिलिक विविधताका कारण पनि यहाँ खनिज पदार्थको प्रशस्त खानीहरु भएको पुष्टि भएको हो । तर, प्रक्रियागत तथा कानूनी जटिलताका कारण खानीहरुको खोजी नै प्रभावकारी ढंगमा हुन सकेको छैन । खानीको खोजीसँगै, त्यसको उत्खनन्, प्रशोधन, वस्तु उत्पादन र बजारीकरणका लागि पनि विभिन्न प्रकृतिका जटिलता छन् ।  

 

नेपालमा चुनढुंगा, मार्बल, खरी, जिंक, फलाम, सुन, रत्नपत्थर, अभ्रक, सीसा, तामा, कोइलादेखि पेट्रोलियम तथा प्राकृतिक ग्याँस जस्ता बहुमूल्य जनिज पदार्थको भण्डार छ । यस्ता खनिजहरुको बेलाबखत अध्ययन, अन्वेषणको प्रयास पनि नभएको होइन, तर विविध समस्या र जटिलताका कारण पत्ता लागेका खानीहरुको उत्खनन् रोकिएको छ । जसकारण कच्चा पदार्थहरुको प्रयोगबाट व्यवसायिक वस्तु उत्पादन कठिन भएको छ । अहिले मुलुक संघीयतामा गएसँगै खानीको खोजी, उत्खनन् तथा प्रशोधनमा झन् कानुनी जटिलता थपिएको छ । स्थानीय, प्रदेश र संघीय सरकारबीच अधिकार, कार्यक्षेत्रलगायतका विषयमा टुंगो नलाग्दा खानी उत्खनन्मा समस्या भएको खानी तथा भूगर्भ विभागका उपहानिर्देशक रामप्रसाद घिमिरेको बुझाई छ ।

 

परापूर्वकालदेखि नै फलाम, तामालगायतका खनिजहरुको उत्खनन भएको स्थानहरुको समेत संरक्षण भएको छैन । र, तथ तथ्य खोज्ने प्रयास भएको छैन । कतिपय अवस्थामा भौगोलिक जटिलता, मानवीय जोखिम र प्रक्रियागत अप्ठ्याराले पनि खनिज उत्खनन्मा निराशा पैदा भएको छ । 

 

यतिमात्रै होइन, सञ्चालनमा रहेका खानी सञ्चालकले समुदायसँग उचित समन्वय गर्न नसक्दा कतिपय खानी बन्द भएका उदाहरण छन् । पत्ता लागेका केही खानी पनि व्यक्ति तथा कम्पनीको कब्जामा छन् । उत्खनन् अनुमति पाएको खानीमा पनि कुनै काम भएको छैन । नेपालमा खनिजजन्य पदार्थहरुको अन्वेषण, खोज, उत्खनन्को सबै काम खानी तथा भूगर्भ विभागबाटै हुन्छ । जसले खानी तथा खनिजको अध्ययन, अन्वेषण, मूल्यांकन तथा उद्योग प्रवद्र्धन, पेट्रोलियम तथा प्राकृतिक ग्याँस अन्वेषण र प्रवद्र्धन कार्यहरु गर्दछ । खानी तथा भुगर्भ विभागको तथ्याङ्क हेर्ने हो भने अहिले खोजतलास तथा उत्खननका लागि सबैभन्दा बढीः चुनढुंगा, सुन, खरी, क्वार्जाइट सिलिका स्याण्ड, पत्थर, कोइला, तामा खानीका लागि अनुमति दिइएको छ । तर अधिकांशको प्रगति शून्यप्रायः भए पनि लाइसेन्स भने नवीकरण गर्दै आएका छन् ।

 

विभागले खानी अन्वेषण र उत्खननका लागि दुई चरणमा अनुमतिपत्र दिन गर्छ । अन्वेषण अनुमति लिनेले धातु खनिजको भए चार वर्ष र अधातु खनिजका लागि दुई वर्षभित्र काम सक्नुपर्छ । तर एउटै व्यक्ति र परिवारले अन्वेषण र उत्खनन्को दर्जनसम्म लाइसेन्स ओगटेको भेटिन्छन् ।

 

कतिले त लाइसेन्स ओगट्ने र ठूला कम्पनीहरुलाई बेचेर कमाउ धन्दा चलाइरहेका छन्  । खानी विभागको तथ्याङ्कलाई हेर्ने हो भने विदेशी कम्पनीहरुसमेत अन्वेषण र उत्खनन्को अनुमति लिएर काम नगरी बसेका छन् । भएका केही खानी पनि उद्योगको अभावमा बेकाम बनिरहेका छन् । सोही कारण राज्यको प्रमुख निकाय पनि खानी र खनिज पदार्थको विषयमा अनविज्ञजस्तै देखिन्छ । ३ वर्षअघि भारतले नाकाबन्दी लगाएपछि नेपालमा रहेका खानीहरु उत्खनन गर्नुपर्छ भन्ने थुप्रै बहसहरु भए । नेपाललाई आवश्यक पर्ने वस्तुहरु आफैं उत्पादन गर्ने र आत्मनिर्भर हुने भन्नेबारेमा राजनीतिक दलहरु पनि भाषणबाजीमा लागे । 

 

 

प्रविधिको अभाव र उद्योग नहुँदा समस्या

 

खनिज पदार्थमा नेपालको भूमी अब्बल भए पनि खोज तथा उत्खनन्का लागि स्रोतसाधनसँगै कानुनी र प्रविधि तथा प्राविधिक जटिलता छ । यससँगै भौगोलिक विकटता, पूर्वाधार विकासमा कमि र ऐननियम समयसापेक्ष नहुनाका कारण पनि खनिज पदार्थको अपेक्षाकृत खोजी हुन सकेको छैन । 

 

खानी तथा भूगर्भ विभागले नेपालमा भएका खानीहरुको अध्ययन, अनुसन्धान र उत्खननको काम गर्दै आएको छ । तर, आवश्यक जनशक्ति र बजेटको अभावका काराण पनि विभागले प्रभावकारीरुपमा काम गन सकिरहेको छैन । आवश्यक प्रविधि र जनशक्ति नहुँदा फेला परेका खनिजको परीक्षणका लागि पनि विदेश पठाउनुपर्ने बाध्यता छ । 

 

मूख्यतः सरकारी उदासीनताका कारण खानीहरुको उत्खनन् हुन सकिरहेको छैन । खनिजजन्य उद्योग प्रवद्र्धन तथा विकासमा शिथिलता, प्राविधिक पक्ष कमजोर, खनिज स्रोतको पहिचान, अन्वेषण तथा भण्डारणका लागि गुणस्तरीय प्रविधि छनोट, आर्थिक अध्ययन तथा मूल्यांकन, खनिज प्रशोधन, प्रयोगशालाको अभावलाई मध्यनजर गर्दै खनिजहरुमा आधारित उद्योगहरुको अपेक्षित प्रवद्र्धन विकास हुन सकेको छैन । आयातित धातुको तुलनामा स्वदेशी उत्पादन महँगो हुने र प्रशोधन प्रविधिको कमीले यस्ता उद्योगहरु निरुत्साहित भई बन्द अवस्थामा छन् । त्यस्तै खनिज कच्चापदार्थहरुका लागि पर्याप्त मात्रामा उद्योग स्थापना नहुँदा पनि खानीहरुको विकास हुन सकिरहेको छैन । 

 

आर्थिक समृद्धिको प्रमुख आधार औद्योगिक विकास हो । स्वदेशी साधन र स्रोतको पहिचान गरी उपयोग भए मात्र पनि समृद्धि सम्भव छ । तर त्यसो हुन सकिरहेको छैन । अहिलेसम्म त खनिज प्रवद्र्धनका लागि सर्भेक्षण र अन्वेषणबाहेक उल्लेख्य केही भएको छैन । खानी विकासतर्फ कुनै गहकिलो योजना, कार्यक्रम र लक्ष्यको तर्जुमा समेत भएको छैन । देशको कुल ग्राहस्थ उत्पादनमा पनि खानी क्षेत्रको योगदान शून्यप्रायः छ । खनिज कच्चा पदार्थको स्वदेशमै प्रशोधन गरी वस्तु उत्पादन गरेर निर्यात गर्न सके मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुने थियो । छिमेकी मुलक चीनलाई नै हेर्ने हो भने पनि, त्यहाँको समृद्धिको मूल आधार भनेको खनिज पदार्थ र उत्पादान नै हो । खोजी गर्न सके नेपालमा पनि कयौं दुर्लभ किसिमका खनिज भेटिन सक्छ । यसतर्फ राज्य र विज्ञहरुको ध्यान जान सकिरहेको छैन । 

अनेक चुनौतीका बीच पनि राज्यले खनिज उत्खनन्मा नयाँ प्रविधि प्रयोग गर्दै भौतिक पूर्वाधार विकास गरेर प्रभावकारी ढंगमा ऐन नियम निर्माण तथा कार्यन्वयन गर्न सक्नु पर्छ । सँगै खानी तथा खनिजजन्य उद्योगलाई उच्च प्राथमिकतामा राखेर स्वदेशमै पर्याप्त बजार उपलब्ध गराउने वातावरण बनाउनु जरुरी छ । उत्खनन क्षेत्रमा राज्यसँग भए अनुसारका सम्झौता कार्यान्वयनमा राज्यले कानूनी प्रावधान स्पष्ट र कडाईकासाथ लागू गर्नसक्नुपर्दछ । त्यसैले, खानी तथा खनिज अन्वेषण, अध्ययन, सर्वेक्षण, तालिम, प्रविधि, उद्योगको प्रवद्र्धन, सञ्चालित खानीहरुको निरीक्षण र अनुगमन गरी आवश्यक ऐन नियमहरु समयसापेक्ष सुधार गर्दै लैजानु आवश्यक छ । 

 

 

 

 

 

 


थप समाचार

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  • 4 minutes ago
मालदिभ्समा नेपाली युवतीको मृत्यु

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ ।

अमेरिकामा एक नेपालीसहित तीनको हत्या

  • 8 minutes ago
अमेरिकामा एक नेपालीसहित तीनको हत्या

वाशिङ्टन, डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् ।

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

  • 3 hours ago
कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

पुरुषले दैनिक गर्ने ९ गल्ती

पुरुषले दैनिक गर्ने ९ गल्ती

एजेन्सी । त्यसो त हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै ध्यान जाँदैन । त्यसो भए, जान्नुहोस् दैनिक हामी के–के गल्ती गरिरहेको हुन्छौँ

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।