IIMS College

ISMT

HUB Education

खुलामञ्चलाई स्थायी बसपार्क बनाउन लागिएको भन्दै स्थानीयले अवरोध , आलो पिचमा गाडी कुदाइयो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ, १९ असोज ।  खुलामञ्चलाई स्थायी बसपार्क बनाउन लागिएको भन्दै स्थानीयले अवरोध गरेका छन् ।

सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार  खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी समेत कुदाएका छन् ।

काठमाडौं महानगरपालिकाले दसैंको मौका छोपेर खुलामञ्च ढलान गर्न लागेको भन्दै उनीहरुले अवरोध गरेका हुन् । हिजोसम्म बस पार्किङको लागि बाहिर राखिएको थियो । अहिले भने सबै बस भित्र पार्किङ एरियामा छिराइएको छ ।

यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए । यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर, उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।

भेटवालले यसअघि खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए । सांसद, उपमेयरका साथै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यहाँ डोजर चलाएको थियो ।

पुरानो बसपार्कमा ‘भ्यू टावर’ बनाउने भन्दै महानगरले खुलामञ्चमा अस्थायी बसपार्क सारेको थियो । ठेकेदार कम्पनीले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाडेको छ । तर, खुलामञ्चमा भने अतिक्रमण रोकिएको छैन ।

खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो ।  तर,  महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि खुलामञ्च पार्किङ स्थल र अस्थायी बसपार्क बनेको छ ।

 


थप समाचार

अभिषेक रिजालले गोल गरेपछि नेपाल बराबरीमा

  • 2 minutes ago
अभिषेक रिजालले गोल गरेपछि नेपाल बराबरीमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध बराबरीमा ल्याएको छ ।

माल्दिभ्सले नेपालविरुद्ध अग्रता बनायो

  • 25 minutes ago
माल्दिभ्सले नेपालविरुद्ध अग्रता बनायो

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले नेपालविरुद्ध अग्रता लिएको छ ।

‘म्यान्चेस्टर डर्बी’सहित प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ? (नेपाली समयसहित)

  • 35 minutes ago
‘म्यान्चेस्टर डर्बी’सहित प्रिमियर लिगमा आज कुन–कुन खेल हुँदैछ ? (नेपाली समयसहित)

काठमाडौं । फुटबल लिगमा सर्वाधिक चर्चित लिग इंग्लिस प्रिमियर लिगमा आज ५ खेल हुँदैछन् । पहिलो खेलमा एभर्टनको होममा चेल्सीले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले बर्नम



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।