IIMS College

ISMT

HUB Education

खुमलटारमा बढ्याे दाैडधुप, ओली र दाहालको भेटपछि मन्त्रिमण्डल हेरफेर हुने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनको विषय सघन हुँदै गइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा राजनीतिक भेटघाट बाक्लिएको छ ।

 

प्रचण्डको खुमलटारस्थित निवासमा सोमबार बिहान नेकपाका नेता र सरकारका मन्त्रीहरूबीच मन्त्रीमण्डर हेरेफेर र समसामयिक विषयमा निर्णय लिन भेटघाट भएको हो ।

 

भेटघाटमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको जमघट रहेको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओली आजै प्रचण्डसँग छलफल गरी मन्त्रिमण्डल हेरफेर गर्ने भएपछि प्रचण्ड निवासमा छलफल चलेको हो । ओली–दाहालको अन्तिम छलफलपछि ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेछन् ।

 

प्रधानमन्त्री ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको आज सिंहदबारबाटै उदघाटन कार्यक्रम सकएपछि प्रचण्डसँग उनले भेट्ने कार्यसूची बनाएका छन् ।

 

नेकपाको सचिवालय बैठकले आइतबार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पूर्नगठनका लागि सैद्धान्तिक सहमति दिएको थियो ।


थप समाचार

भुटानी राजा र रानीको प्रेमकथा !

  • 14 minutes ago
भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टे

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

  • 20 minutes ago
अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

  • 24 minutes ago
शेफिल्ड युनाइटेडलाई न्युक्यासलले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडले जित निकालेको छ । शुक्रबार विहान सम्पन्न खेलमा न्युक्यासलले शेफिल्ड युनाइटेडलाई २ - ० गोलले पराजित गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

अनुहारमा चमक ल्याउन यस्ता चिया पिउने

जिराको चियाः यसका एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डीफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैछ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।