केटीको विषयमा ‘लफडा’ हुँदा बालकको हत्या

  • मंगलबार, २९ माघ, २०७५
  • 3 days ago
  • नेपाल

पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार गर्बुजालाई पक्राउ गरि सार्वजनीक गरेको हो ।

 

मंगलबार विहान साढे २ बजे प्रहरीमा खवर पुगेपछि बैदाम प्रहरी प्रमुख नवीन कार्कीको नेतृत्वमा खटिएको टोलिले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो । त्यसपछि अनुन्धान गर्दै जाँदा हत्यारा पक्राउ परेका हुन् ।

 

यस्तो छ घटना विवरण

 

सोमबार दिउँसो ४ बजेतिर लेकसाईडमा बेनी काले भनिने पर्वतका २१ बर्षिय कुमार गर्बुजा, मोटे भनिने सुसान्त परियार, डल्ली भनिने अन्दाजी वर्ष १४र१५ की सुनिता गुरुङ रक्सी पिएर बसेका थिए । सोही समयमा मृतक गोरे भनिने सचिन सिंजाली आई उनीहरु संग रक्सी पिएको थियो । साढे ४ बजेतिर सेन्टरपोईन्ट भित्र मृतक सचिन, कुमार र सुनिता गुरुङले १ सय रुपैयाँको छ्याङ पिए । छ्याङ खाईसकेपछि ५ बजेपछि ७ बजेसम्म सेन्टरपोईण्टमै माग्न बसेका थिए ।

 

७ देखि साढे ७ बजेसम्म क्याम्पिङ चोकमा बाहुन भनिने बुद्ध रिजालसंग भेटेर हिडडुल गरे । ९ बजेतिर त्यहाँबाट निस्केर पुनः मृतक सचिन, कुमार, सुनिता, सुसान्त र सुकदेव पहिलेकै ठाउँमा पुगेर डेनड्राईट सुँग्दै बसे । सोही क्रममा सुनितासंग सचिनको कुराकानी हुन थाल्यो । सचिनले सुनितालाई विहेको कुरा गरे । आफ्नी गर्लफ्रेण्डसँग सचिनले विहेको कुरा गरेको सुनेपछि काले रिसले चुर भए ।

 

डल्ली भनिने सुनिता साढे १० बजेतिर पृथ्वी चोकतिर सुत्न भनी गईन् । त्यसपछि कुमार, मृतक सचिन, सुशान्त, सुकदेव चाहीँ माग्न भनेर विजिवीमै बसे । करिव १२ बजे तिर दुईबोतल वियर र स्याउको रक्सी लिएर पुनः सुत्ने स्थान ९घटनास्थल० पुगे ।

 

त्यही ठाउँमा बसेर सँगै पिए । रक्सी पिउँदै गर्दा कुमार र सचिनबीच पुनः केटी ९सुनिता० को बिषयमा कुराकानी हुन थाल्यो । विस्तारै उनीहरु बीच विवाद बढ्यो । त्यसपछि कुमारले चक्कु निकालेर सचिनको खुट्टामा हाने । घाईते सचिनलाई पछि घोप्टो बनाएर घाँटी रेटी कुमारले नै हत्या गरे । त्यसपछि पेट र ढाडमा पनि चक्कुले हाने । सचिनको मृत्यु भएपछि कुमार फरार भए ।

 

सोही ठाउँमा सुतिरहेका २ जना बालक पनि कुमारसँगै भागे । त्यहाँबाट ट्याक्सी रिजर्व गरी पृथ्वी चोकमा झरे । शान्तिवन पुगेर बाटोमा चक्कु ढुंगाले छोपिवरी पृथ्वीचोक फर्किए । २ बालकलाई त्यहीँ छोडेर कुमार घटनास्थलतर्फ गए ।

 

त्यसपछि मृतक सचिनलाई उत्तानो बनाएर सुताए । ट्याक्सीवालालाई घटनाबारे प्रहरीलाई जानकारी गराईदिन आग्रह गरे । ट्याक्सीवालाले १०० मा फोन गरेर प्रहरीलाई खवर गरे । त्यसपछि प्रहरी पुगेर अनुसन्धान सुरु गर्यो ।

 

मंगलबार विहानै बेनी कालेलाई प्रहरीले लेकसाईडबाट समात्यो । त्यसपछि सुकदेवलाई बराहीघाटबाट र सुशान्तलाई न्युरोडबाट पक्राउ गर्यो । घटना बुझ्दै प्रहरीले चक्कु समेत बरामद गरेको थियो ।


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 1 hour ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 1 hour ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 1 hour ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।