बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको मृत्यु

Education Park

लाघमान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ । 

 

यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गरेका छन् ।

 

अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा एक सय सात जनाको मृत्यु हुुने गरेको एक सरकारी तथ्याङ्कमा उल्लेख छ । 

 

अफगानिस्तानका तीन हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा बिछ्याइएका विस्फोट पदार्थलाई निस्तेज बनाइएको छ, तर अर्को एक हजार ७०० वर्गकिलोमिटर क्षेत्रमा भूमिगत बारुदी सुरुङ सफा गर्न बाँकी रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् । 


थप समाचार

आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

  • 12 minutes ago
आन्द्रे रसेलले विश्वकपका बाँकी खेल गुमाउने

काठमाडौँ । वेष्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले विश्वकपका बाँकी खेलहरु गुमाउने भएका छन् । घुँडामा लागको चोटको कारण उनले बाँकी खेलहरु गुमाउने भएका हुन् ।

समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

  • 13 minutes ago
समृद्धिका लागि व्यावसायिक शिक्षा आवश्यक : शिक्षामन्त्री पाेखरेल

बर्दिबास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएको बताएका छन् । आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस

अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

  • 17 minutes ago
अष्ट्रेलिया विशेषः शैक्षिक संस्था परिवर्तन गर्ने बारे सोच्दैं हुनुहुन्छ ?

आर्थिक कारण, पढाइमा समस्या, विषय वा शैक्षिक संस्था मन नपरेको आदि अनेक कारण देखाउँदै अहिले पनि कैयौँ विद्यार्थीले शैक्षिक संस्था परिवर्तन गरिरहेका छन् ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।